arrow

मेस्सीको गोलले अर्जेन्टिना अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
messi-goal-final.jpg

काठमाडौं । कतार विश्वकप फुटबलको फाइनल खेल भइरहेको छ । फाइनलमा अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन् । दुवै टिम तेस्रो पटक उपाधि जित्ने होडका साथ मैदानमा उत्रिएका हुन् । 

खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ । कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । उनले २३ औं मिनेटमा गोल गरेका हुन् । उनले जारी विश्वकपमा गोल संख्यालाई ६ पुर्याएका छन् । विश्वकपमा उनको गोल संख्या १२ पुगेको छ । 

त्यस्तै ३६ औं मिनेटमा एन्जल डी मारियाले निकै आकर्षक गोल गर्दै अर्जेन्टिनालाई २–० ले अग्रता दिलाएका छन् । 

सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसिया र फ्रान्सले मोरक्कोलाई हराएको थियो । क्रोएसियाले मोरक्कोलाई हराएर तेस्रो स्थान ओगटेको छ । 

प्रशिक्षक डिडियर डेस्च्याम्पस्ले फ्रान्सको शुरुआती ११ मा कप्तान ह्युगो लोरिस, राफाइल भराने, गुलेस कौन्डे, थियो हर्नान्डेज, डेउट उपामेकानो, एन्टोइने ग्रेजमान, उरेलियन चोउमेनी, एड्रियन रबिओट, ओलिभियर जिरु, केलियन एम्बाप्पे र अस्माने डेम्बेलेलाई मैदानमा उतारेका छन् । 

त्यसैगरी प्रशिक्षक लियोनल स्यालोनीले अर्जेन्टिनाका शुरुआती ११ मा कप्तान लियोनल मेस्सी, युनियन अल्भारेज, इन्जो फर्नान्डेज, एलेक्सिस म्याकअलिस्टर, रोड्रिगो डे पल, एन्जल डी मारिया, नाहुएल मालिना, निकोलस ओटामेन्डी, क्रिष्टियन रोमेरो, निकोलस ट्याग्लिएफिको र इमिलियानो मार्टिनेजलाई उतारेका छन् ।

यो खेलपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ