कतार विश्वकपको फाइनल जारी, अर्जेन्टिना र फ्रान्स मैदानमा
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
1.3k
Shares
काठमाडौं । कतार विश्वकप फुटबलको फाइनल खेल भइरहेको छ । फाइनलमा अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन् । दुवै टिम तेस्रो पटक उपाधि जित्ने होडका साथ मैदानमा उत्रिएका हुन् ।
सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसिया र फ्रान्सले मोरक्कोलाई हराएको थियो । क्रोएसियाले मोरक्कोलाई हराएर तेस्रो स्थान ओगटेको छ ।