arrow

कतार विश्वकपमा तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया मैदानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २ शनिबार
qatar-worldcup-croatia-morocco.jpg

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा अहिले तेस्रो स्थानका लागि भिडन्त भइरहेको छ । सेमिफाइनलमा पराजित भएका दुई घाइते बाघहरु तेस्रो स्थानका लागि भिडन्त गरिरहेका हुन् । 

खालिफा अन्तराष्ट्रिय स्टेडियममा तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिडिरहेका छन् । पहिलो पटक सेमिफाइनलमा पुगेको अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो ।

यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो । पहिलो पटक सेमिफाइनलमा पुगेको मोरक्कोले तेस्रो हुँदा अर्को कीर्तिमान बनाउने छ । यो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

दुवै समूह चरणमा एकै समूहमा रहेका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएकाले पनि आजको खेलमा को हावी हुन्छ भन्ने अनुमान गर्न कठिन छ । 

कतार विश्वकपको फाइनल खेल भोलि हुनेछ । फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । फ्रान्स चौथो तथा अर्जेन्टिना छैटौं पटक फाइनलमा पुगेको हो । 

दुवै टिमले दुई दुई पटक उपाधि जितिसकेका छन् । जुन टिमले जिते पनि उपाधिमाथि ह्याट्रिक गर्नेछन् । खेल राति ८ः४५ बजे शुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ