arrow

क्याम्पभित्र बसेकालाई पहिरोले बगायो, कम्तीमा २१ जनाको मृत्यु, १४ बेपत्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २ शनिबार
malaysia-landslide.jpg

क्वालालम्पुर । मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन् ।

बाटाङ काली बस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो । पहिरो जाँदा उनीहरु पालमा सुतिरहेका थिए ।

सयौं उद्धारकर्ताहरूले शुक्रबार बाँचेकाहरूको खोजी गर्न माटो पन्छाएका थिए । फार्मका प्रबन्धकहरूले कम्तिमा ३० बालबालिका र ५१ वयस्कले रातभर बस्नका लागि नाम दर्ता गराएको बताए । १४ जना  हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । 

खोजी तथा उद्धार कार्यमा ७०० अधिकारीहरु परिचालन गरिएको छ । मृत्यु हुनेमध्ये चार जना बालबालिका रहेका बताइएको छ । उक्त स्थानमा २० जना प्राथमिक विद्यालयका शिक्षक र उनीहरुका सदस्य रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ