arrow

गर्ला त फ्रान्सले लगातार दुई पटक विश्वकप जित्ने इटाली र ब्रजिलको बराबरी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
france-messi.jpg

काठमाडौं । साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को उपाधि नजिक रहेको छ । फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेर इतिहास रचेको छ । फ्रान्स सन् १९९८ मा ब्राजिलपछि लगातार दुई पटक विश्वकपको फाइनलमा पुग्ने पहिलो डिफेन्डिङ च्याम्पियन बनेको छ । अब उपाधि खेलमा फ्रान्सले लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

कतारमा भइरहेको फिफा विश्वकप २०२२ को फाइनल खेल आउँदो आइतबार लुसेल रङ्गशालामा हुनेछ । फ्रान्स र अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार बेलुका ८.४५ बजे सुरु हुनेछ ।

गत विश्वकपको फाइनलमा क्रोएसियालाई हराएर उपाधि जितेको फ्रान्सेली टोलीको यात्रा यस पटक उतारचढावले भरिएको छ । किलियन एम्बाप्पे, ओलिभर गिरोड, एन्टोइन ग्रिजम्यान जस्ता स्टार खेलाडीको आधारमा फ्रान्स फाइनलमा पुगेको छ । यसमा एम्बाप्पे र गिरोडले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

फ्रान्सका स्टार फरवार्ड केलियन एमबाप्पेले यो सिजन अहिलेसम्म ५ गोल गरिसकेका छन् । सर्वाधिक गोल गर्नेमा उनी लियोनल मेस्सीसँग बराबरीमा छन् । अब दुवै खेलाडीसँग फाइनलमा एक अर्कालाई अगाडि बढाउने अन्तिम मौका हुनेछ।

एम्बाप्पे र मेस्सीपछि अर्जेन्टिना र फ्रान्सका एक-एक खेलाडी दोस्रो स्थानमा छन् । यी खेलाडीहरू फ्रान्सका गिरोड र अर्जेन्टिनाका जुलियन अल्भारेज हुन् । दुवैले समान ४-४ गोल गरेका छन् । गोल्डेन बुट कसले लग्छ हेर्न बाँकी छ ।

फ्रान्सेली टोली लगातार दोस्रो पटक र समग्रमा चौथो पटक फाइनलमा प्रवेश गरेको छ । यसअघि फ्रान्सले चार पटक फाइनल खेलेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा दुई पटक उपाधि जितेको थियो । २००६ मा उपविजेता बनेको थियो । फ्रान्सको टोली दुई पटक तेस्रो र एक पटक चौथो नम्बरमा रहेको छ ।

यता लियोनल मेस्सी कप्तान रहेका अर्जेन्टिनाले छैटौँ पटक फाइनल खेल्दै छ । अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो भने दुई पटक विश्वकप उपाधि जितेको छ । दुवै टोली तेस्रो पटक विश्वकप उपाधिका लागि खेल्दै छन् । 

इटालीले सन् १९३४ र सन् १९३८ को तथा ब्रजिलले सन् १९५८ र सन् १९६२ को विश्वकप जितेर लगातार दुई पटक विश्वकप जित्ने कीर्तिमान राखेको छ । त्यसैले सोही कीर्तिमानको बराबरी गर्नेतर्फ फ्रान्स अग्रसर रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ