arrow

कीर्तिमानका धनी मेस्सीको कस्तो छ विलाशी जीवन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
messi-last.jpg

काठमाडौं । अर्जेन्टिना टोलीका कप्तान तथा विश्वमा सबैभन्दा धेरै कमाउने खेलाडी मध्ये एक हुन् लियोनल मेस्सी । खेल जस्तै कमाइको हिसाबमा पनि उनी अगाडि छन् । उनलाई विश्वकै धनी खेलाडी मानिन्छ ।

 मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोली फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ । 

अर्बौंको सम्पत्तिका मालिक मेस्सी निकै विलासी जीवन बिताइरहेका छन् । उनीहरूको विलासी घर, निजी जेट र कारको सङ्ग्रह हेरेर यसको अनुमान लगाउन सकिन्छ । खेलकुद बाहेक उनी ब्रान्ड समर्थन मार्फत पनि ठूलो रकम कमाउँछन्।

नोभेम्बर २०२२ सम्ममा लियोनेल मेस्सीको कुल नेटवर्थ ६० करोड डलर अर्थात मेस्सीको हालको कुल सम्पत्ति करिब ७ हजार ९२३ करोड नेपाली रुपैयाँ छ । 

खेलकुदका बाहेक उनले धेरै चर्चित ब्रान्डको प्रमोशनबाट पनि मनग्य आम्दानी गर्छन् । फोर्ब्सका अनुसार मेस्सीले गत वर्ष १३ करोड डलर अर्थात् करिब १६ अर्ब नेपाली रुपैयाँ कमाएका थिए । रिपोर्टका अनुसार मेस्सीको दैनिक कमाई १ लाख ५ हजार डलर रहेको छ । मेस्सीले फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डी’ओर अवार्ड सात पटक जितेका छन् । 

३५ वर्षीय खेलाडी लियोनल मेस्सीले यो फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप भएको घोषणा गरेका छन् । यस्तो अवस्थामा उनले आफ्नो टोलीलाई तेस्रो पटक यो उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले महान् खेलाडी डिएगो म्याराडोना र जाभियर मास्चेरानोको चार विश्वकपको कीर्तिमानलाई पछाडि छोडेका छन्। 

विश्वकपमा गोल्डेन बुटको दौडका बलियो दाबेदार मेस्सीसँग विश्वभर आलिशान घरहरू छन् । यसमा बार्सिलोनाको नो फ्लाई जोन बङ्गला समावेश छ। यससँगै उनी विलासी होटलका मालिक पनि हुन् । बार्सिलोना क्लबबाट खेलिसकेका मेस्सीको बार्सिलोनामा नै आलिशान बङ्गला छ । यो बङ्गला समुन्द्रको छेउमा छ र यसको लागत करिब ८३० करोड रुपैयाँ छ । 

मेस्सीसँग निजी जेट पनि छ । मेस्सी प्रायः आफ्नो परिवारसँग यो जेटमा यात्रा गरेको देखिन्छ। यस जेटको पछाडि १० नम्बरको चिन्ह छ, जुन मेस्सीको जर्सीको नम्बर पनि हो। जेटको मूल्य करिब १६० करोड भारु रहेको बताइएको छ । मेस्सीको यो जेट विशेष गरी अर्जेन्टिनाको कम्पनीले डिजाइन गरेको हो, यसमा दुई वटा बाथरुम, एउटा भान्छा र १६ जनाभन्दा बढी बस्न सक्ने व्यवस्था छ ।

आइतबार अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग फाइनमा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा क्रोएसियालाई हराएको अर्जेन्टिना फिफा विश्वकपमा छैटौँ पटक फाइनलमा पुगेको छ । अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो ।  भने सन् १९७८ र १९८६ मा दुई पटक विश्वकप उपाधि जितेको छ ।

विश्वकपमा गोल्डेन बुटको दौडका बलियो दाबेदार रहेका छन् । गोल्डेन बुटका लागि लियोनल मेस्सी र केलियन एमबाप्पे ५ गोलसहित शीर्षस्थानमा छन् । गोल बराबर भए असिस्टको आधारमा फैसला हुनेछ । असिस्टको मामिलामा एमबाप्पे भन्दा मेस्सी अगाडि रहेका छन् । एमबाप्पेले अहिलेसम्म २ र मेस्सीले ३ असिस्ट गरेका छन् ।

मेस्सीसँग मन पर्ने मासेराटी कार छ । कारको हालको मूल्य लगभग ४ करोड नेपाली रुपैयाँ छ। यसबाहेक मेस्सीसँग पगानी जोन्डा, फेरारी एफ४३ स्पाइडर, रेन्ज रोभर र अडी जस्ता लक्जरी ब्रान्डका कारहरू छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ