निर्वाचन आयोगले राष्ट्रपतिलाई परिणाम बुझायो, अब सरकार गठनको प्रक्रिया अगाडि बढ्ने
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
1.3k
Shares
काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई पनि निर्वाचन परिणाम बुझाएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन परिणाम बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
राष्ट्रपतिले परिणाम बुझेसँगै अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ ।