arrow

अर्जेन्टिनाले लियो रुस विश्वकपको बदला : छैटौँ पटक फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
ar-co.jpg

काठमाडौं । अर्जेन्टिनाले रुस विश्वकपको बदला लिँदै छैटौँ पटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । अर्जेन्टिनाले सन् २०१८ मा रुसमा भएको विश्वकप  फुटबलमा क्रोएसियासँग ३-० को हार व्यहोरेको थियो ।

कतारमा जारी विश्वकप २०२२ मा  २०१८ को समूह चरणको खेल क्रोएसियासँगको हारको बदला फर्काउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३-० गोलले नै अर्जेन्टिनाले पराजित गरेको छ ।

फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । 

साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३-० गोलअन्तरको जीत सुनिश्चित गर्‍यो । 

क्वार्टरफाइनलमा अर्जेन्टिना र क्रोएसिया दुवै टोली पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका थिए ।

अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए । 

विश्वकपमा अर्जेन्टिनाको यो छैटौँ पटकको फाइनल यात्रा हो । अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो भने दुई पटक विश्वकप उपाधि जितेको छ । 

सेमिफाइनलको दोस्रो खेल नेपाली समयअनुसार बुधबार राति १२:४५ बजेदेखि सुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ