arrow

मेस्सीसँग झगडा गर्ने रेफ्री कतार विश्वकपबाट निकालिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
refree-messi.jpg

काठमाडौं ।  अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीसँग झगडा गर्ने रेफ्रीलाई निष्कासन गरिएको छ । फिफाले रेफ्री माटेउ लाहोज कारबाही गर्दै निष्कासन गरेको हो । लाहोजको मेस्सीसँग झगडा भएको थियो  ।अर्जेन्टिनाका कप्तान मेस्सीले लाहोजविरुद्ध उजुरी दिएपछि फसफाले कारबाही गरेको हो ।

अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको क्वाटरफाइनल खेलमा माटेउ लाहोज रेफ्री थिए र उनका धेरै निर्णय विवादको कारण बनेका थिए। उनले मेस्सी लगायत अर्जेन्टिनाका खेलाडीसँग पनि झगडा गरेका थिए ।

स्पेनिस रेफ्री माटेउ लाहोजले अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा जम्मा १५ पहेँलो कार्ड देखाए जसमध्ये एउटा लियोनल मेस्सीलाई पनि देखाइएको थियो । यति मात्र होइन, रेफ्रीका धेरै निर्णयका कारण मैदानमा झडपको अवस्था समेत भएको थियो ।. 

फिफाले लाहोजविरुद्ध कारबाही गर्दै विश्वकपका बाँकी चार खेलाउन दिएको छैन । विश्वकपमा अझै दुई सेमिफाइनल, तेस्रो स्थानको खेल र फाइनल खेल हुन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ