पुटिनले दिए तेल उत्पादन घटाउने, नबेच्नेदेखि आणविक आक्रमण गरी अस्तित्व मेट्ने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
691
Shares
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारले रुसमाथि आक्रमण गर्ने कुनै पनि देशको अस्तित्व नै ‘मेटाइने’ बाचा गरेका छन् ।
उनले रुससँग संयुक्त राज्य अमेरिकाको जसरी रोकथामात्मक रुपमा पहिलो आणविक आक्रमण शुरु गर्ने कुनै जनादेश नभएको बताउँदै रुससँग उन्नत हाइपरसोनिक हतियार रहेको र यदि आफुमाथि आक्रमण भयो भने, बलियो प्रतिक्रिया दिनसक्ने बताएका छन् ।
यस्तै उनले रुसले भविष्यमा युक्रेनका सम्बन्धमा सम्झौता गर्नुपर्ने तर, मिन्स्क सम्झौताको विघटनले आफूलाई धोकाको महसुस भएको बताएका छन् ।
२०१४ र २०१५ मा पूर्वी युक्रेनमा युक्रेन र रुस समर्थित पृथकतावादीहरू बीचको युद्धविराम सम्झौताहरू मध्यस्थता गर्ने मिन्स्क सम्झौताले अब युक्रेनलाई हतियार आपूर्ति गरेपछि रूसलाई धोका दिएको पुटिनको भनाइ छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वको सबैभन्दा ठूलो उर्जा निर्यातक रूसले तेल उत्पादन घटाउन सक्ने र रूसी तेलमा जी-७ को मूल्य क्याप लगाउने 'मूर्ख' काम गर्ने कुनै पनि देशलाई तेल बेच्न अस्वीकार गर्न सक्ने बताएका छन्।
'हाम्रो प्रतिक्रियाको लागि, मैले पहिले नै भनेको छु कि हामी त्यस्ता निर्णय गर्ने देशहरूलाई बेच्दैनौं,' पुटिनले किर्गिस्तानको राजधानी बिश्केकमा पत्रकार सम्मेलनमा बोल्दै भनेका छन् ।
यस्तै उनले तेल उत्पादन नै घटाउन सक्ने चेतावनी दिएका छन् । 'उत्पादन घटाउने बिषयमा हामी सोच्नेछौं, हुनसक्छ, सम्भव भएमा, आवश्यक भएमा...' पुटिनले भनेका छन् ।