arrow

अर्जेन्टिनाले विश्वकप जिते मोडल सुजीले मेस्सीको सुपर ट्याटु खोप्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
argentina-messi.jpg

काठमाडौं । विश्व फुटबल स्टार लियोनल मेस्सीका विश्वभर करोडौं फ्यान छन् । यी फ्यानहरूमा ब्राजिलियन मूलकी मोडल सुजी कोर्टेज पनि एक हुन् । सुजीले ब्राजिलको मिस बमबमको उपाधि जितेकी छिन् । सुजी कोर्टेजले आफूलाई मेस्सीको पागल फ्यान बताउँछिन् । अहिलेसम्म उनले आफ्नो शरीरमा मेस्सीको विभिन्न ७ वटा ट्याटु बनाइसकेका छन् । अब सुजी कोर्टेजले मेस्सीको सुपर ट्याटु खोप्ने बताएकी छन् ।

डेली स्टार स्पोर्ट्ससँग सुजी कोर्टेजले अर्जेन्टिनाले यस पटक फिफा विश्वकप जिते उनले मेस्सीको थप सुपर ट्याटु बनाउने बताएकी छिन् । उनले मेस्सीको जन्म भएको रोसारियो सहरमा च्याम्पियनको उत्सव मनाउने बताइन् । ब्राजिलमा जन्मेकी मोडल र टिभी होस्ट सुजीले मेस्सीका केही फ्यानलाई साथमा लैजाने बताइन् । सुजी कोर्टेजले आफूले बनाउने सुपर ट्याटु मेस्सीको खुट्टामा बनाएको जस्तै हुने बताइन् ।

मेस्सीको खुट्टामा बल र १० नम्बर को ट्याटु बनाइएको छ । यो १० अङ्क मेस्सीको जर्सीको नम्बर हो। मेस्सीको टोली अर्जेन्टिना फिफा विश्वकप २०२२ को सिजनको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आज राति नेदरल्यान्ड्सको टोलीसँग अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दैछ । मेस्सीको यो अन्तिम विश्वकप हुन सक्छ, किनकि उनले यस वर्ष ३५ वर्षको उमेर नाघेका छन् । अर्को विश्वकपसम्म उनी ३९ वर्षका हुनेछन् ।

मेस्सीले यस पटक फिफा विश्वकपको उपाधि जित्न तीन खेल मात्रै जित्नुपर्नेछ । आज क्वाटर फाइनल खेल नेदरल्याण्ड्ससँग हुनेछ । यदि अर्जेन्टिनाले जित्यो भने सेमिफाइनलमा ब्राजिल वा क्रोएसियासँग भिड्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ