arrow

मेरो छवि ध्वस्त पार्न करोडौँ रुपैयाँ खर्च भएको छ : राहुल गान्धी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
rahul-gandi.jpg

काठमाडौं । भारतीय कंग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले मिडियामा आफ्नो छवि ध्वस्त पार्न करोडौँ रुपैयाँ खर्च भएको बतएका छन् । राहुलले कहिले र किन मिडियाले उनको छवि खराब गर्न खोज्न थालेको खुलासा गरेका छन् ।

 राहुल गान्धीले मेरो मिडिया छविको सत्यता के हो ? भनेर एक भिडियो शेयर गरेका छन् ।  भिडियोमा राहुल गान्धी भन्छन्- २००४ देखि २००८ सम्म भारतको सम्पूर्ण मिडियाले मेरो प्रशंसा गर्थे, त्यसपछि मैले दुई वटा मुद्दा उठाएँ । पहिला नियामगिरी र दोस्रो भट्ट पर्सौलको मुद्दा उठाएँ । गरिबको हितमा जग्गा अधिग्रहणको पक्षमा उभिने बित्तिकै मिडिया मेरो विरुद्धमा भयो । राहुलले जनजातिका लागि मुद्रा ऐन ल्यायौँ, वन अधिकार ऐन ल्यायौँ, जग्गा अधिग्रहण विधेयक ल्यायौँ त्यसपछि मिडियाले आफ्नो विरुद्धमा लेख्न थालेको बताएका छन् ।

राहुलले महाराजाहरूको सम्पत्ति संविधानमार्फत गरिबलाई दिइएको बताए। अहिले भारतीय जनता पार्टी भाजपाले उल्टो काम गरिरहेको उनले आरोप लगाए । उनले भने,' तपाईँको सम्पत्ति खोसेर महाराजाहरूलाई दिइरहेको छ। जनजाति, गरिब जनता एकजुट भएमा यसलाई रोक्न धेरै सहज हुन्छ ।'

उनले भने,' मेरो छवि ध्वस्त पार्न करोडौँ रुपैयाँ खर्च भएको छ, अब उनीहरू सोचिरहेका छन् कि यो मेरा लागि नोक्सानदायक हुनेछ । मेरो छवि बिगार्न उनीहरूले जति पैसा खर्च गर्नेछन् त्यति नै शक्ति म पाउनेछु किनकि सत्य कुनै न कुनै रूपमा बाहिर आउँछ।'

 राहुल गान्धीको यो भनाइलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ