arrow

अर्जेन्टिनाको सामना गर्न अस्ट्रेलिया तयार, मेस्सीको हजारौँ खेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
leonel-messi-qatar-world-cup.jpg

काठमाडौं। कतारमा जारी विश्वकप फुटबल अन्तर्गत दोस्रो चरण (राउण्ड अफ सिक्सटिन)का खेलहरू शनिवारदेखि सुरु हुने भएका छन्। शनिवार राती र आइतबार बिहान गरेर दुई खेलहरू हुँदै छन्। पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकाको सामना गर्दैछ भने दोस्रो खेलमा अर्जेन्टिना र अस्ट्रेलिया भिड्दै छन्।

अर्जेन्टिना-अष्ट्रेलिया

समूह 'सी'को विजेता रहेको अर्जेन्टिना आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग पराजय भोगेपछि खेलमा फर्किएको थियो। बाँकी रहेको दुई खेलमा विजय हात पार्दै समूहमा पहिलो भएको हो। समूह 'डी'मा दोस्रो भएको अस्ट्रेलियाले दुई खेल जित्दै माथि उक्लिएको हो।

सन् २००६को विश्वकप पछि पहिलो पटक दोस्रो चरणमा उक्लिएको अस्ट्रेलिया हौसिएको छ। उनका म्यानेजरले आफ्नो टोलीले सबै शक्ति लगाउने बताएका छन्। विश्वकप विजेता बन्ने लक्ष्यका साथ मैदानमा ओर्लिएको अर्जेन्टिना विरुद्धको खेल एक युद्ध बराबर हुने उनले बताएका छन्।

अर्जेन्टिनाका लियोनल मेस्सी आफ्नो सिनियर करियरको हजारौँ खेल खेल्दै छन्। क्लब र देश गरेर उनको यो हजारौँ खेल हुनेछ । सम्भवत मेस्सीको यो अन्तिम विश्वकप हुने छ। अर्जेन्टिना टोलीका अर्का स्ट्राईकर एन्जल डि मारिया सम्भवत बेन्चमा हुनेछन्। उनी घाइते रहेको बताइएको छ। उनको ठाउँमा कसले सुरुवात गर्छ भन्ने बारे केही बताइएको छैन।

अस्ट्रेलियाले अर्जेन्टिना विरुद्ध सन् १९८८मा अन्तिम पटक जित हात पारेको थियो। दुई बीच ७ पटक आमने सामने भएको छ। अर्जेन्टिना अन्तिम १० विश्वकपमा ९ पटक नकआउट चरणमा पुगेको छ। दुई टोली बीचको खेल नेपाली समय अनुसार आइतवार विहान ००:४५मा हुनेछ 

नेदरल्याण्ड्स-अमेरिका

समूह 'ए'को विजेता रहेको नेदरल्याण्ड्सले तीन खेलमा ७ अङ्कक प्राप्त गरेको थियो। दुई जित र एक बराबरी नतिजा निकालेको नेदरल्याण्ड्स राम्रो लयमा रहेको छ। समूह 'बी'बाट दोस्रो भएर आएको अमेरिकाले एक जित र दुई बराबरी नतिजा लिएर माथि उक्लिएको हो।

अमेरिकाका लागि इरानसँग गोल गरेका स्ट्राइकर क्रिस्चियन पुलिसिच खेल्ने पक्का भएको छ। उनी इरानसँगको खेलमा घाइते भएका थिए। नेदरल्याण्ड्सका कोच लुई भान गाल खेल जित्नेमा ढुक्क देखिएका छन्। डच टोलीले कम आक्रमण गरेको भन्दै आलोचनाहरू भइरहँदा पनि भान गाल आफ्नो योजनामा दृढ देखिएका छन्।

अमेरिका र नेदरल्याण्ड्स बीच अहिलेसम्म भएको पाँच खेलमा चार खेल नेदरल्याण्ड्सले जितेको छ। अमेरिका सन् २०१० देखि लगातार तीन पटक राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ।

दुई टोली बीचको खेल नेपाली समय अनुसार शनिवार राती ०८:४५ बजे शुरु हुने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ