arrow

अलिबाबाका संस्थापक ज्याक मा जापानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
jack-ma-alibaba.jpg

काठमाडौं । अलिबाबाका संस्थापक ज्याक मा चीनमा उनी र उनको कम्पनीमाथि भएको कानूनी आक्रमणयता विगत ६ महिनादेखि जापानमा बस्दै आएको  स्रोतहरूलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ ।

चिनियाँ धनाढ्य एवं विश्वकै प्रमुख अर्बपतिमध्येका एक ज्याक मा अहिले भने सामान्य तरिकाले जापानमा परिवारसँग बसिरहेका छन् ।

फाइनान्सियल टाइम्सका अनुसार आफ्नो परिवारसँग टोकियो र जापानका अन्य भागहरूमा एवं संयुक्त राज्य अमेरिका र इजरायलको भ्रमण गरी उनले पछिल्ला ६ महिना बिताएका छन् ।

बेलायती अखबारका अनुसार ज्याक मा हाल टोकियोका प्राइभेट सदस्य रहेका क्लबमा आउने जाने गर्छन् भने जापानी आधुनिक कलाकृति संकलन गर्ने गरेका छन् ।

चीनमा लामो समय सार्वजनिक स्थानबाट हराएपछि ज्याक मा गत वर्ष स्पेनको माल्लोर्का टापुमा देखिएका थिए ।

पछिल्ला वर्षहरूमा चिनियाँ अधिकारीहरूले देशका ठूला खासगरी इन्टरनेट कम्पनी र तीनका संस्थापक एवं मालिकहरुमाथि कडा क्र्याकडाउन गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ