arrow

टाटाको ईभी किन्न एभरेष्ट बैङ्कले ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
sipridi-tata-EV-min-everest-bank-mou.jpg

काठमाडौँ। सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड (एसटीपीएल) ले टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्ने योजनामा ​​रहेका ग्राहकहरूलाई ८० प्रतिशत सम्मको सवारी साधन ऋण उपलब्ध गराउन एभरेष्ट बैङ्क लिमिटेडसँग सम्झौता गरेको छ। 

अहिले नेपाली बजारमा टाटा मोटर्सका नेक्सन ईभी र टिगोर ईभी उत्कृष्ट इलेक्ट्रिक गाडीका रूपमा रहेका छन्।

टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदीले गरेको सम्झौता अनुसार टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने कुनै पनि व्यक्ति वा संस्थाले एभरेष्ट बैङ्कका सबै शाखाबाट १२.८ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि सहज र किफायती ऋण पाउने भएछन्।

नेपाल राष्ट्र बैङ्कको सम्बन्धित निर्देशन र निर्देशिका बमोजिम सवारी साधनको कुल लागतको ८० प्रतिशतसम्म एभरेस्ट बैङ्कले ऋण उपलब्ध गराउनेछ।

टाटाको विद्युतीय गाडी (ईभी) छनोट गर्ने ग्राहकहरूले अब  खरिदका लागि थप सहज र द्रुत रूपमा ऋण पाउनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ