arrow

चन्द्र भण्डारीको दोस्रो संसद यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
chandra-bhandari-info.jpg

काठमाडौं । नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवि बनाएका नेता डा चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने भएका छन् । उनी गुल्मी-१ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

कूल ६९ हजार छ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरे भने प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरे । पिता ईश्वरीप्रसाद र माता हरिकला भण्डारीको कोखबाट जन्मिएका उनले स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । 

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेका भण्डारी सङ्घकै महामन्त्री भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट उनले चार वर्षअघि समाजशास्त्रअन्तर्गत ‘राष्ट्र निर्माणमा भूमण्डलीकरणको प्रभाव’ विषयमा विद्यावारिधि गरेका हुन् । 

राजनीतिक यात्राका क्रममा नेता भण्डारीले पाँच वर्षभन्दा बढी जेल जीवन बिताएका छन् । यसअघि उन २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । 

कांग्रेसको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता भण्डारी पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार थिए । २०१८ साल गुल्मीको छत्रकोट गाउँपालिका-१ हुँगामा जन्मिएका नेता भण्डारी नेपाली कांग्रेसले सञ्चालन गरेको पञ्चायत विरुद्धको आन्दोलनसँगै राजनीतिमा होमिएका थिए । युवा अवस्था देखि नै स्पष्ट वक्ता भण्डारी राजनीतिक चेतप्रति स्वर्गीय गिरिजाप्रसाद कोइराला पनि प्रभावित बनेका थिए ।

नेपाली कांग्रेसले नेतृत्व गरेको २०४६ सालको जनआन्दोलनका क्रममा कोइरालालाई पञ्चायत विरुद्धको विभिन्न आन्दोलनमा कमाण्डको रूपमा विभिन्न जिल्ला खटाएका थिए । निर्दलीय पञ्चायत व्यवस्था विरुद्धको आन्दोलनमा भण्डारी पक्राउ परी पाँच वर्ष जेल जिवन बिताएका थिए । उनमाथि तत्कालीन राज्य व्यवस्थाले चरम यातना समेत दिएको थियो ।
 
३०३६ सालमा नेपाल विद्यार्थी सङ्घको सदस्य लिएका उनले २०३६ सालको आन्दोलनका क्रममा पक्राउ परी जेल परेका थिए । २०३८ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको नेपाल विद्यार्थी सङ्घका सभापति बनेका भण्डारी २०४२ सालको सत्याग्रह आन्दोलनमा रहेका बेला जेल परे । २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य बने । पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय भएका उनी तत्कालीन व्यवस्थाको आँखाको तारो बनेका थिए ।

२०४६ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा स्वर्गीय गिरिजा प्रसाद कोइरालासँग देशभर भएको आन्दोलनको अग्र मोर्चामा खटिने भण्डारी उपस्थित नहुने आन्दोलन खल्लो हुने स्वयं कोइरालाले बताउने गर्दथे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ