अर्जुननरसिंह केसी बलियोः १८ हजार मत गन्न बाँकी छँदा आठ हजार बढीको मतान्तर
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
1.1k
Shares
नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी जित नजिक पुगेका छन् । उनले मतान्तर फराकिलो बनाउँदै लैजाँदा जित नजिक पुगेका हुन् ।
१८ हजारको हाराहारीमा मत गन्न बाँकी छँदा केसीले आठ हजार भन्दा बढीको मतान्तर बनाइसकेका छन् ।
केसीले २० हजार ७५५ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १२ हजार ४३२ मतमात्रै पाएका छन् ।
त्यसतै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनबिक्रम पाण्डेले ११ हजार ६२५ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार झनक प्याकुरेलले १ हजार २१० मत ल्याएका छन् ।