खानेपानी मन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्तलाई ९ हजार बढी मतले हराए एमालेका अच्युतले
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
678
Shares
बारा । खानेपानीमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई ९ हजारभन्दा बढी मतले हराउँदै बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनाली विजयी भएका छन् ।
एमालेका मैनालीले ३९ हजार १ सय ९५ मत ल्याएका छन् भने कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत ल्याए ।