arrow

रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्रजिल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
brizil-woldcup.jpg

काठमाडौं  ।  कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्रजिलले विजयी शुरुआत गरेको छ । ब्रजिलले सर्बियालाई २–० गोल अन्तरले पराजित गर्‍यो । ब्रजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए ।  

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्रजिलले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो । खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरे । उनले खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए । यद्यपि गोल भने हुन सकेन । 

समूह ‘जी’ मा रहेको ब्रजिलले जीतसागै तीन अङ्क जोडेको छ । ब्रजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ