कोमल वलीलाई आठ हजार मतले हराउँदै दीपक गिरी निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
517
Shares
नेपालगञ्ज । दाङको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरी विजयी भएका छन् । गिरी ३६ हजार ७६२ मतका साथ विजयी भएका हुन् ।
उनकी निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी कोमल वलीले २८ हजार ८३२ मत प्राप्त गरिन् । गिरी ७ हजार ९३० मतान्तरका साथ विजयी भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार ३०० मत पाएका छन् । दाङ ३ मा ९० हजार १ सय ५० मत खसेको थियो ।