कांग्रेसका पदमलाई हराएर एमालेका रामशङ्कर सिराहा १ मा निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
1.2k
Shares
गोलबजार । सिराहा १ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका रामशङ्कर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
उनका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका जनमत पार्टीका युगलकिशोर साहले छ हजार आठ सय ४९ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा कूल एक लाख छ हजार दुई सय एक मतदाता रहेकामा ६९ हजार आठ सय २६ मत खसेको थियो ।