arrow

कतार विश्वकपमा स्वीट्जरल्याण्डको विजयी शुरुआत, क्यामरुन पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
qatar-worldcup-switzerland-cameroon.jpg

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा स्वीट्जरल्याण्डले विजयी शुरुआत गरेको छ । स्वीट्जरल्याण्डले आज साँझ सम्पन्न खेलमा क्यानरुनमाथि १–० को जित निकालेको हो । 

खेलको ४८ औं मिनेटमा ब्रेल इम्बोलोले निर्णायक गोल गरेका हुन् । खेलमा दुवै टिमले बराबरजसो बल आफ्नो नियन्त्रणमा लिएका थिए । 

स्वीट्जरल्याण्डले ३ तथा क्यामरुनले ४ वटा गोलका लागि प्रहार गरेको थियो । स्वीट्जरल्याण्डले १० तथा क्यामरुनले पाँच वटा कर्नर हानेको थियो । 

खेलका क्रममा स्वीट्जरल्याण्डले २ तथा क्यामरुनले १ वटा पहेँलो कार्ड पाएको थियो ।

योसँगै समूह जीमा स्वीट्जरल्याण्डले जितसँगै शुरुआत गर्दा क्यामरुनले हारको सामना गरेको छ । यो समूहमा ब्रजिल र सर्बिया पनि रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ