arrow

अनवर इब्राहिम बने मलेसियाको नयाँ प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
Anwar-Ibrahim-malysia.jpg

काठमाडौं । अनवर इब्राहिम मलेसियाको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सन् १९९० को दशकमा प्रधानमन्त्री पदका लागि तयार हुँदा अचानक बर्खास्तीमा परेर जेलमा पुगेका अनवरको यो महत्वपूर्ण पुनरागमन हो ।

अनवरको पाकतन हारापान (पीएच)गठबन्धनले सप्ताहन्तको चुनावमा सबैभन्दा बढी सिट तिजेको छ । तर कुनै पनि पार्टी वा गठबन्धनले सरकार गठन गर्न आवश्यक ११२ सीटको संसदीय बहुमत भने पाएनन् ।

पीएच र पूर्व प्रधानमन्त्री मुहिद्दिन यासिनको नेतृत्वमा दोस्रो सबैभन्दा बढी सिट जित्ने प्रतिद्वन्द्वी रूढिवादी मलाय मुस्लिम पेरिकटन नेसनल (पीएन) दुबैले सरकार गठन प्रक्रिया अघि सारेका हुन् ।

कुनै पनि सफलता हासिल गर्न नसकेपछि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले अनवर र मुहिद्दीनका साथै संसदका नवनिर्वाचित सदस्यहरूलाई भेटेर नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने बारे आफ्नो विचार व्यक्त गरेका थिए।

बिहीबार शाही परिवारको बैठक पछि राजाले अनवरलाई प्रधानमन्त्री घोषित गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ