रसुवाबाट मोहन आचार्य पक्का, गन्न बाँकी मतभन्दा अग्रता अन्तर बढी
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
1.5k
Shares
तस्बिर – फाइल ।
रसुवा । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार इञ्जिनियर मोहन आचार्यको जित पक्का भएको छ । उनले गन्न बाँकी मतभन्दा मतान्तर बढी बनाएकाले पनि उनको जित पक्का भइसकेको छ । पछिल्लो मत परिणामअनुसार २१ हजार सात सय ९२ मतगणना हुँदा आचार्यले १४ हजार एक सय एक मत प्राप्त गरेका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका छोवाङ तामाङले छ हजार छ सय २७ मत प्राप्त गरेका छन् ।
रसुवामा ३९ हजार चार सय ५९ मतदाता रहेकामा २८ हजार सात सय १३ मत खसेको थियो । सोअनुसार आचार्यले ७ हजार ४७४ मतान्तरले अग्रता लिएका छन् ।
अब मात्र ६ हजार ९२१ मत गन्न बाँकी रहेको छ ।
हालसम्म गणना भएको २१ हजार एक सय ९७ मत गणना भएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए ।
मतगणना कार्य आज रातिसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकाले सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले बताए ।
हालसम्म गणना भएको मतमध्ये पाँच सय ९४ मत बदर भएका छन् ।