कास्की २ मा घण्टीको अग्रता कायमै, विद्या पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
695
Shares
कास्की । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको अग्रता कायमै रहेको छ । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेल तीन हजार पाँच सय ४९ मतसहित अग्रस्थानमा छन् ।
उनलाई नेकपा (एमाले)का विद्या भट्टराईले तीन हजार तीन सय ९९ मतसहित पछ्याइरहेकी छन् । नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बराल दुई हजार तीन सय ८८ मत प्राप्त गरेका छन् ।
उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भीमबहादुर कार्की तीन हजार आठ सय ३४ मतसहित अग्रस्थानमा छन् भने उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले तीन हजार सात सय ४७ मतसहित पछ्याइरहेका छन् ।