रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीबाट खाता खोल्यो
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
558
Shares
धनगढी । रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका लागि खाता खोलेको छ । कैलाली ३ बाट गंगा चौधरी विजयी हुँदै उन्मुक्ति पार्टीका तर्फबाट खाता खोल्दै प्रतिनिधि सभामा पहिलोपटक स्थान कायम गरेको छ ।
चौधरी २३,१२० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुन्दन चौधरीले १७,७४९मा सीमित हुन पुगेका छन् ।
एमालेका गौरीशंकर चौधरीले ९,८७४ मतसहित तेस्रो स्थानमा सीमित भएका छन । उक्त क्षेत्रमा ६३,४४० मत खसेको थियो भने ४०२१ मत बदर भएको छ ।