-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मकवानपुर । मकवानपुरको मतगणना ११ बजेदेखि सुरु हुने भएको छ । भर्खरै बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना एकै पटक गरिने बताइएको छ । आइतबार मतपेटिका ल्याउन ढिला भएपछि मतगणना केही ढिलो भएको हो ।
सम्पूर्ण मतपेटिका हेटौँडा आइपुग्न बिहान २ बजेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एकैपटकमा १२ स्थानमा मतगणना गर्ने तयारी छ ।