arrow

कतार विश्वकप फुटबलमा आज तीन खेल, इङ्गल्याण्डको भिडन्त इरानसँग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
qatar-world-cup-2022.png
तस्बिर – फाइल ।

काठमाडौं । कतार विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । पहिलो खेलमा इङ्गल्याण्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साँझ पौने ७ बजे शुरु हुनेछ । 

युरोपेली राष्ट्र इङ्गल्याण्ड फिफा वरीयतामा पाँचौँ स्थानमा छ । एसियाली मुलुक इरान २० औँ स्थानमा छ । हालसम्म इङ्गल्याण्ड एसियाली मुलुकविरुद्ध एक पटक प्रतिस्पर्धा गरेको छ । आजको खेलसँगै इङ्गल्याण्डले दोस्रो एसियाली मुलुकसँग भेट्नेछ । आजको खेलमा जित निकाल्दै समूह बी को खेलमा इङ्ल्यान्ड महत्वपूर्ण तीन अंक जोड्ने योजनामा छ । इरान भने खेल बराबरी गर्ने रणनीतिमा छ ।

सेनेगल र नेदरल्यान्ड भिड्दै
दिनको दोस्रो खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने दश बजे अल थुमामा मैदानमा हुनेछ । सेनेगल फिफा वरियतामा १८औं स्थानमा रहँदा नेदरल्यान्ड्स आठौं स्थानमा छ । सेनेगल आफ्ना प्रभावशाली अट्याकर साडिओ माने बिना मैदानमा उत्रने पक्का छ । माने घाइते छन् । 

यता, नेदरल्यान्ड्स भने आफ्नो अपराजित यात्रा १५ खेलबाट बढाउन चाहन्छ । लुइस भान गालको नेतृत्वमा रहेको नेदरल्यान्ड्स मानेको अभावमा फाइदा उठाउँने योजनामा छ । स्ट्राइकर मेम्पिस डिपाएले नेदरल्यानड्सको यात्रामा फिनिसिङ पक्षमा उत्कृष्ट साथ दिनेछन् । समूह ए को पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई २–० अन्तरले पराजित गर्दै बलियो सुरुवात गरिसकेको छ ।

अमेरिका र वेल्स प्रतिस्पर्धामा 
दिनको अन्तिम खेलमा अमेरिका र युरोपेली राष्ट्र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे अहमेद विन अलि मैदानमा हुने तालिका छ । वेल्स फिफा वरियतामा १९औं स्थानमा रहँदा अमेरिका १६औं स्थानमा छ । समूह बी को खेलमा दुबै टोली विजयी हुँदै सुखद् सुरुवात गर्न चाहन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ