arrow

कतार विश्वकप फुटबलमा इक्वेडरको विजयी शुरुआत, आयोजक निराश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
qatar-equador-worldcup-.jpg

काठमाडौं । कतार विश्वकप २०२२ मा आयोजक टिम निराश भएको छ । विश्वकपको पहिलो तथा डेब्यु खेलमा कतार पराजित भएको हो । कतारको अल बायत स्टेडियममा भएको उद्घाटन खेलमा कतार इक्वेडरसँग पराजित भयो । 

इक्वेडरले खेल २–० ले जितेको हो । दुवै गोल मध्यान्तरअघि नै सम्भव भएको थियो । दुवै गोल इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले गरे । उनले पहिलो गोल पेनाल्टीमार्फत १६ औं मिनेटमा गरेका थिए । दोस्रो गोल उनले ३२ औं मिनेटमा गरेका हुन् । 

पहिलो पटक विश्वकप खेलिरहेको कतार दबाबमा परेको छ । इक्वेडरले भने चौथोपटक विश्वकप खेलिरहेको हो । यो खेल समूह ए को रहेको थियो । 

समूह ए मा कतार र इक्वेडरसँगै सेनेगल र नेदरल्याण्ड्स रहेका छन् । यो हारसँगै कतारको राउन्ड अफ सिक्सटिनमा पुग्ने सम्भावना कमजोर बनेको छ । 

जारी विश्वकपमा ३२ टिम रहेका छन् । आठ समूहमा खेलाइएको छ । समूहका शीर्ष दुई टिम राउन्ड अफ सिक्सटिनमा पुग्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ