arrow

विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता र गोल्डेन बुट विजेताहरु

logo
सोम, 
प्रकाशित २०७९ मंसिर ३ शनिबार
world-cup-boot-2022.jpg


काठमाडौं । सन् १९३० देखि शुरु भएको विश्वकप फुटबलको २२ औं संस्करण पहिलो पटक खाडी मुलुक कतारमा भोलिदेखि शुरु हुँदैछ । विश्वकपमा यसपालि ३२ टिम सहभागी छन् । अर्जेन्टाइन स्टार लियोनल मेस्सी र पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डोले अन्तिम पटक विश्वकप खेल्दैछन् । 

यी खेलाडीहरुसँगै थुप्रै खेलाडीहरुमा यस विश्वकपको ध्यान खिचिएको छ । अझ सबैभन्दा बढी गोल गरेर पाइने गोल्डेन बुटको महत्व पनि त्यत्तिकै रहेको छ । हुनत सन् १९७८ सम्म गोल्डेन बुट दिने चलन थिएन । सन् १९८२ देखिमात्र विश्वकपका सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट दिन थालिएको हो । 

अहिलेसम्म विश्वकपका २१ संस्करणमा २७ खेलाडीले सर्वाधिक गोल गरेको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्  । सन् २०१० मा चार खेलाडीले समान पाँच गोल गरेर सर्वाधिक गोलकर्ता भएका थिए । उनीहरु जर्मन खलाडी थोमस मुलर, स्पेनिश खेलाडी डेविड भिया, डच खेलाडी वेल्सी स्नाइडर र उरुग्वेयन खेलाडी डिएगो फोर्लान हुन् । गोल्डेन बुट भने मुलरले पाए । 

एकै संस्करणमा सर्वाधिक गोल गर्ने फ्रेन्च खेलाडी जस फोन्टेन हुन् । उनले सन् १९५८ को स्वीडेनमा भएको विश्वकपमा फोन्टेनले १३ गोल गरेका थिए । उनले दुई खेलमा ह्याट्रिकसमेत गरेका थिए । 

त्यस्तै हंगेरियन खेलाडी सान्दोर कोसिसले सन् १९५४ को स्वीट्जरल्याण्ड विश्वकपमा ११ गोल गरेका थिए । यो सर्वाधिक दोस्रो हो । 

त्यस्तै सन् १९७० को मेक्सिको विश्वकपमा जर्मन खेलाडी गर्ड मुलरले १० गोल गरेका थिए । 

सन् १९६६ मा भएको इङ्गल्याण्ड विश्वकपमा पोर्चुगिच खेलाडी उसेबियोले ९ गोल गरेका थिए । 

सबैभन्दा कम चार गोल सन् १९६२ को चिलीमा भएको विश्वकपमा भएको थियो । जहाँ ६ खेलाडीले समान चार गोल गरेका थिए  । फ्लोरियन अल्बर्ट, भालेन्टिन इभानोभ, ग्राइन्चा, भाभा, ड्राजान येर्कोचिक् र लियोनेल सान्चेजले गोल गरेका थिए । 

सन् १९९४ को अमेरिका विश्वकपमा रसियन खेलाडी ओलेग सेलेन्को र बुल्गेरियन खेदाडी ह्रिस्टो स्टोच्कोभले छ गोल गरेका थिए ।

सन् १९८२ देखि दिन थालिएको गोल्डेन बुट क–कसले पाए त ? 
१९८२ को स्पेन विश्वकपमा ६ गोल गरेपछि इटालियन खेलाडी पाउलो रोसीले पाए । 

१९८६ को मेक्सिको विश्वकपमा इङ्गलिश खेलाडी ग्यारी लिनेकरले ६ गोल गरेर गोल्डेन बुट जिते ।
१९९० को इटाली विश्वकपमा घरेलु खेलाडी साल्भाटोर सिलाचीले ६ गोल गरेर गोल्डेन बुट जिते ।

१९९४ को अमेरिका विश्वकपमा रसियन खेलाडी सालेन्को र बुल्गिेरियन खेलाडी स्टोच्कोभले ६ गोल गरेर संयुक्त रुपमा गोल्डेन बुट जिते । 

सन् १९९८ को फ्रान्स विश्वकपमा क्रोएसियन खेलाडी डाभोर सुकरले ६ गोल गरेर गोल्डेन बुट जिते । 

सन् २००२ को दक्षिण कोरिया– जापान विश्वकपमा ब्रजिलियन खेलाडी रोनाल्डोले ८ गोल गरेर गोल्डेन बुट जिते ।

सन् २००६ को जर्मनी विश्वकपमा घरेलु खेलाडी मिरोस्लाभ क्लोजले ५ गोल गरेर गोल्डेन बुट जिते । 

सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा जर्मन खेलाडी थोमस मुलरले ५ गोल गरेर गोल्डेन बुट जिते । यद्यपि यो विश्वकपमा चार जनाले समान ५ गोल गरेका थिए ।

सन् २०१४ को ब्रजिल विश्वकपमा कोलम्बियन खेलाडी जेम्स रोड्रिगुएजले ६ गोल गरेर गोल्डेन बुट जिते । 

सन् २०१८ को रुस विश्वकपमा इङ्गलिश खेलाडी ह्यारी केनले ६ गोल गरेर गोल्डेन बुट जिते । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ