arrow

कतार विश्वकप फुटबल भोलिदेखि, कति पाउँछन् विजेताले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ३ शनिबार
qatar-world-cup-2022.png

काठमाडौं । विश्वकप फुटबलको २२ औं संस्करण कतारमा भोलिदेखि शुरु हुँदैछ । पहिलो पटक खाडी मुलुकमा हुँदै गरेको विश्वकपको पुरस्कार राशि अहिलेसम्मकै बढी रहेको छ । 

सहभागी ३२ वटा टिममध्ये विजेताले मात्रै ५० मिलियन अर्थात् पाँच करोड अमेरिकी डरल पुरस्कार पाउनेछ । आजको मितिमा उक्त डलरलाई नेपालीमा रुपान्तरण गर्दा ६ अर्ब ५२ करोड ९० लाख (एक डलर बराबर १३०.५८ रुपैयाँ) पर्न आउँछ । 

त्यसो छ विश्वकपमा छनोट भएदेखि विजेतासम्म सबैले पुरस्कार पाउने गर्छन् । छनोट बोनसका रुपमा २ मिलियन डलर दिइन्छ । सबै ३२ टिमले १० मिलियन डलर पाउँछन् । 

अन्तिम १६ मा पुग्ने टिमले १२ मिलियन डलर पाउने छ । क्वार्टरफाइनलमा पुग्ने टिमले १८ मिलियन डलर पाउने छ । सेमिफाइनलमा पुगेर पुछारमा हुने टिमले २५ मिलियन डलर पाउनेछ । तेस्रो हुने टिमले ३० मिलियन डलर र उपविजेताले ४० मिलियन डलर पाउने छ । 

यसअघि सन् २०१८ मा भएको विश्वकपमा विजेताले ३८ मिलियन, उपविजेताले २८ मिलियन, तेस्रो हुनेले २४ मिलियन तथा चौथो हुनेले २२ मिलियन पाएका थिए । 

सन् २०१४ मा भने विजेताले ३५, उपविजेताले २५, तेस्रोले २० तथा चौथोले १८ मिलियन डलर पाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ