arrow

राहुल गान्धीको कार्यक्रममा राष्ट्रगानमा 'सयौं थुङ्गा फूलका हामी' बजेपछि 

भारत जौडौं‌ यात्रामा नेपाली राष्ट्रगान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
rahul-gandhi.jpg

काठमाडौं । भारतीय कंग्रेस नेता राहुल गान्धी 'भारत जोडौँ यात्रा' का क्रममा रहेका छन् । महाराष्ट्रमा बुधबार भारतीय राष्ट्रिय गानमा नेपाली राष्ट्रिय गान बजेपछि उनी ट्रोल भएका छन् । 

महाराष्ट्रको मञ्चबाट गान्धीले आफ्नो भाषणको अन्त्यमा 'राष्ट्रिय गीत' बजाउनको लागि घोषणा गर्छन्। मञ्चमा उपस्थित सबै दलका समर्थकहरूले आ-आफ्नो स्थानमा राष्ट्रिय गीत गाउँछन् । तर, गीत बजाउने व्यक्तिले नेपाली राष्ट्रिय गान 'सयौं थुङ्गा फूलका हामी' बजाउँछन्। 

नेपालको राष्ट्रिय गान बज्न थालेपछि राहुल आफैँले तत्कालै त्यसलाई रोकेका थिए । राहुलले बारम्बार राष्ट्रिय गान 'जन गण मन' बजाउन आग्रह गरेका छन् । राहुलले वास्तवमा भारतीय राष्ट्रगान 'जन गण मन' बजाउन लगाए पनि नेपाली राष्ट्र गान 'सयौं थुङ्गा' बजाएको पाइन्छ । 

धेरै अन्योलपछि गीत बजाउने व्यक्तिले अन्ततः भारतीय राष्ट्रिय गान बजाउँछन् तर त्यसमा पनि गडबड हुन्छ । उनले 'जन गण मन' गीतको पूर्ण संस्करण बजाइ दिन्छन्। 

त्यतिकैमा गान्धीको वरिपरि भएका समर्थकहरूले गीत बन्द गर्न माग गर्दै 'भारत माता की जय' भन्दै नारा लगाएका छन्। पछिल्लो समय राहुल यसरी विवादमा किन पर्छन् भन्ने प्रश्न भाजपा नेताहरूले गर्न थालेका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ