arrow

उपेन्द्र यादवको चुनावी सभामा सरकारी स्रोत साधनको दुरुपयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
rajbiraj-rangashala-upendra-yadav-sarkari-durupayog.jpg

राजविराज । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवको चुनावी सभालाई सफल बनाउन राजविराज नगरपालिकाको श्रोत साधन दुरुपयोग गरिएको छ । राजविराजस्थित राजरंगशालामा बिहीबार आयोजना गरिएको जसपा अध्यक्ष यादवको चुनावी सभालाई सफल बनाउन नगरपालिकाले रंगशालाको सरसफाईदेखि बारुणयन्त्रको प्रयोग गरेर रंगशालाभित्र र वरपरको सडकमा पानी छर्किन लगाएको हो ।

अरु उम्मेदवारहरुको चुनावी सभामा कुनै चासो नराखेको नगरपालिकाले प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको चुनावी सभामा कर्मचारी पनि खटाएो हो । एकाबिहानैदेखि रंगशाला र वरपरको सरसफाइमा कर्मचारी खटिएका थिए । अन्य दिन सरसफाइमा खासै चासो नदिने नगरपालिका आज सक्रिय भएर लागेको हो ।

जसपाबाट निर्वाचित इसरत प्रवीण अहिले राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख हुन् । निर्वाचन आचा संहितामा उम्मेदवारले सरकारी स्रोत साधनको प्रयोग गर्न नपाउने व्यवस्था छ । तर यहाँ आचार संहिताको धज्जी उडाउने काम भएको छ । 

यसअघि राजविराज नगरपालिकाकै अधिकृत जसपा अध्यक्ष यादवलाई जिताउन आचारसंहिता विपरीत उनको प्रचार–प्रसारमा खटिएपछि निर्वाचन आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ