arrow

अघिल्ला सांसदले विकासको अनुभूति गराउन नसक्दा जनता समस्या सुनाउँछन् : जयप्रकाश ठाकुर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
jay-prakash-thakur-losapa.jpg
फाइल तस्बिर

सप्तरी। सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ सत्तारूढ गठबन्धनका साझा उम्मेदवार जयप्रकाश ठाकुरले अघिल्ला सांसदले विकासको अनुभूति गराउन नसक्दा जनता समस्या सुनाइ रहेको बताएका छन्। उनले भने, 'घरदैलोमा जाँदा जनताले धेरै समस्याहरू सुनाउँछन्।'

उनले गएको ५ वर्षमा जनताको अपेक्षा अनुसार काम नभएकै कारण जनताले गुनासो गरिरहेको दोहोर्‍यए। "जनताले विकासको अनुभूति गरेको भए समस्या र गुनासो सुनाउने थिएनन्," उनले भने, "मलाई जनताले जिताउने छन् र म जनताबाट आएको समस्या समाधान गर्न प्रतिबद्ध छु।"

शुक्रवार जनताको घरदैलोमा जाँदा उनीहरू के भन्छन् ? भन्ने प्रश्नमा बितेको ५ वर्षमा शिक्षा, स्वास्थ्य र रोजगारको अवस्था झनै बिग्रिँदै गएको आम सर्वसाधारणले सुनाउने गरेको उनले बताए।

"अस्पताल छ तर, नि:शुल्क वितरण गर्ने औषधि छैन। सरकारी अस्पतालका चिकित्सकलाई निजी अस्पताल र क्लिनिकमा भ्याइन भ्याइ छ। बिरामी बोकेर धरान विराटनगर धाउनुपर्ने अवस्था छ, विद्यालय छ तर, गुणस्तरीय शिक्षा छैन। बेरोजगारीको समस्या विकराल छ। किसानले मल खादसम्म पाउन सकेको छैनन्। अनि के को विकास भएको हो ?" यस्ता प्रश्न जनताले सोध्ने गरेको ठाकुरले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ