arrow

मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘विदेशी जेहादी’ बाट चन्दा लिएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
upendra-yadav-saptari-election-2079.jpg
फाइल तस्बिर

राजविराज। सप्तरीमा राष्ट्रिय एकता अभियानले जनता सचेतना अभियान चलाएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव तथा प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा उक्त अभियानले मधेसमा बढको  जिहादविरुद्ध प्रदर्शन गर्दै जनता सचेतना अभियान सुरु गरेको छ।

शनिवार सप्तरीको राजविराजमा अभियानका अध्यक्ष विनय यादवको अध्यक्षता गरिएको प्रदर्शनमा अध्यक्ष उपेन्द्र यादवले चीन र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा जिहादी गतिविधिलाई बढवा दिएको भन्दै चर्को नाराबाजी गर्नुका साथै बुकलेट समेत बाडेको थियो।

यसै गरी आइतबार राजविराज नगरपालिकाको वडा नम्बर ६ मुसहरी गाउँमा घरदैलो कार्यक्रम गर्दै जनतालाई सचेत गराउने कार्य गरिएको अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहले बताइन। चुनाव अवधिसम्म आफूहरूले घरदैलो गर्दै बुकलेट बाटने अभियान जारी राख्ने साहको भनाइ थियो। गत चुनावमा तत्कालीन उपेन्द्र यादवको पार्टीको महिला नेत्री रहेको साह मधेस आन्दोलनको मर्म विपरीत उपेन्द्र यादव सत्ता लिप्सामा लागेकोले आफूहरू उनको विरोधमा उत्रेको बताउँदै भनिन,उहाँलाई जसरी र जुन रूपमा पनि सत्ता चाहिएको छ, त्यसैले जनमतलाई सचेत गराइ रहेका छै।’

अभियानले बारिडहेको बुकलेटमा ‘नेपालमा जिहाद भन्ने कुरा नौलो र कम चर्चामा आएको एउटा यस्तो विषय हो, जसले यहाँको धर्म, संस्कृति र राष्ट्रिय तथा व्यक्तिगत  रूपमा सूक्ष्म सुरक्षा चुनौती सिर्जना गरेको छ,’ ‘भुसको आगो जस्तो सल्किरहेको जिहाद अदृश्य गतिविधि पछिल्लो समयमा अब सतहमा पनि मुखर हुन थालेको छ।’उल्लेख गरिएको छ। अभियानद्वारा वितरित बुकलेटमा विदेशी जेहादी सङ्गठनहरूबाट मुख्यमन्त्री राउतले करोडौँ रुपैयाँ चन्दा लिएको आरोप लगाइएको छ।

अभियानका अध्यक्ष विनय यादवले तराई मधेस जिहादको निशानामा रहेको दाबी गरे। उनले भने, ’उपेन्द्र यादव नेतृत्वको पार्टी जसपाको संरक्षणमा र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा विदेशी जिहाद गतिविधि बढिरहेको छ।’त्यसबाट सचेत गराउन हामी यो अभियान सुरु गरेका हौ।’जिहादको नाममा नेपाली चेलीहरूको अपहरण भइरहेको बताउँदै गौ हत्या, गौ तस्करी, मठमन्दिर अतिक्रमण भइरहेको अध्यक्ष यादवले बताए। उनले जिहादविरुद्ध एउटा जागरणको टड्कारो महसुस गर्दै राष्ट्र हित र जनहितमा जागरण अभियान सञ्चालन गरिएको बताए।

धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नुमा उनले जोड दिँदै  सङ्घीय हिन्दु गणतन्त्र सहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर अगाडि बढ्नु पर्ने आफूहरूको धारणा रहेको यादवको भनाइ थियो।

राष्ट्रिय अभियानको प्रदर्शन पछि उपेन्द्र यादवका स्थानीय नेता तथा कार्यकर्ताहरूले सामाजिक संजालनद्धारा मधेसमा साम्प्रदायिकता फैलाउने खोजिएको आरोप लगाएका छन्। चुनावको समयमा तपाइहरू धार्मिक साम्प्रदायिकता फैलाउँदै हुनु हुन्छ भन्ने आरो लागी रहेका छ नि ? प्रश्नको जवाफमा अध्यक्ष विनय यादवले आफूहरू सम्प्रदाययता होइन सौहार्द कायम गर्न खोजेको हो बताउँदै भने, हिन्दु भन्दा पनि यहाँका मुस्लीहरूलाई सजग हुन जरुरी छ,सदियो देखि हामी सबै एक भएर बस्दै आएका छौ, तर विगतका पाँच वर्षमा मुख्यमन्त्री लालबाबुले विदेशी जेहादीहरुलाई भित्र्याएर साम्प्रदायिकता फैलाएका छन्।जसको ज्वलन्त उदाहरण हो ,रौतहटको साधु हत्याकाण्ड,करोना अगाडि राजविराजमा भएको अन्तर्राष्ट्रिय जलसा, महोत्तरीको हिन्दुमस्ली सम्प्रदायकी दगां, यति मात्र होइन राज्य कोषबाट मधेस भरी पाँच वर्ष मदर्सा र मस्जिद बनाउने अभियान चलाइएको छ, इदगाह, कबर गाहको नाउमा ऐलानी गौचरहरू अतिक्रमण गर्ने काम भएको छ र यो सबै देखाएर अर्बियन मुलुक लगायत पाकिस्तान तथा विभिन्न जेहादी अर्बौँ रुपैयाँ मुख्यमन्त्रीले चन्दा लिएका छन्।’

विगतमा मधेस आन्दोलनको नाउमा मलेठ,गौर घटना घटाउने उपेन्द्र यादवले  अहिले सत्तको लागी मुस्लिम यादवको जातीय समीकरणबाट बच्न सबैलाई आफूहरू यो अभियान चलाएको अध्यक्ष विनय यादवको भनाइ थियो। उनले भने,हिन्दु मात्र होइन हामी मुस्लिमहरूलाई पनि सचेत गराइ रहेका छौ सत्ताको लागी जे पनि गर्ने बहुरुपीयाहरुबाट तपाईँहरू बच्नुस्।’
मुख्यमन्त्री राउतको लागी भ्रष्ट्राचार चुनौती,चुनाव जिते पनि निलम्बनमा पर्ने चर्चा चुनाव नजिकै जाँदा मुख्यमन्त्री प्रतिको जनमत खस्किँदै गएको छ।

मङ्सिर ४ गते हुने निर्वाचनमा मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पर्सा निर्वाचन क्षेत्र नं.१ को (ख)बाट उम्मेदवारी दिएका छन्। विपक्षी उम्मेदवारहरूले उनले गरेको भ्रष्ट्राचार,अनियमितता र साइकल खरिदमा अख्तियारले दर्ताको मुद्दालाई मुख्य मुद्दा बनाएका छन्। अघिल्लो पटक मधेस केन्द्रित दलहरूको गठबन्धनबाट निर्वाचन जितेका राउतलाई यस पटकको चुनाव जित्न हम्मे हम्मे पर्ने देखिन्छ।

विपक्षीले उठाएका प्रश्न आफ्नै क्षेत्रमा भएको भ्रष्ट्राचार र अनियमितता तथा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत अलपत्रमा परेका विभिन्न महत्वकाक्षी योजना बारे जनताले उठाएका प्रश्नको जवाफ दिन मुख्यमन्त्रीलाई हम्मे हम्मे परेको छ।

सबै उम्मेदवारहरू चुनावमा सञ्चार माध्यमहरुसंग नजिकी रहेको बेलामा मुख्यमन्त्री राउत पत्राकारसंग कुरा कुरा नगर्ने रणनीति बनाएका छन्। मधेस आन्दोलनको राप तापमा अघिल्लो पटक चुनाव जितेका मुख्यमन्त्री राउतले मधेसी जनतालाई दिएको आश्वासन पुरा गर्न नसकेको भन्दै राउतका निर्वाचन क्षेत्रका जनता उनी प्रति रुष्ट छन्। एमालेसँग जनता समाजवादी पार्टीले गरेको गठबन्धन र मुख्यमन्त्री राउतले पाँच वर्षमा गरेको भ्रष्ट्राचार तथा निर्वाचन क्षेत्रमा भएको बजेट दुरुपयोगका कारण चुनावी माहौल मुख्यमन्त्रीको विपरीत बन्दै गएको छ।

विगतमा मधेसी दलको लागी भोट बैकको रूपमा रहेको नगवाका राकेश चौरसियाले भने,‘मुख्यमन्त्रीका अधिकांश ठूला योजनाहरू अलपत्र परेका, आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई ठेक्का दिएर कमिसन खाकालेको पनि बनेका सडकहरू पनि कतिपय ठाउँमा एक वर्ष नबित्दै भत्किँदै छ।’

वीरगन्जलाई मधेसको राजधानी बनाउँछु भनेर वीरगन्जका जनतामाथि घात गरेको आरोप समेत मुख्यमन्त्री माथि  लाग्ने गरेको छ। चुनावी प्रचार प्रसारमा गाउँहरूमा जाँदा ‘नाकाबन्दी वीरगन्जमा भयो,राजधानी कहाँ बनाउनु भयो ?भने प्रश्न आम युवाले उठाइ रहेका छन्।

एमालेसँग गठबन्धन भए पनि जसपाका नेताहरूले एमालेको भागबन्डामा परेको क्षेत्रमा उठाएको बागी उम्मेदवारले पनि गठबन्धनलाई गठबन्धन भन्न थालिएको छ। एमालेको कुरा छोडनुस पार्टीकै नेताहरू मुख्यमन्त्री नजितुन् भने चाहनामा रहको जसपाका एक नेताले दाबी गरे।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका खास मान्छेको रूपमा चिनिने एक केन्द्रीय सदस्यले मुख्यमन्त्री राउत जिते पनि निलम्बनमा पर्ने ठोकुवा गरे। उनले भने,‘केन्द्रीय अध्यक्षको धेरै भनसुनमा मात्रै साइकल खरिदको एउटा मुद्दाबाट मुख्यमन्त्री जोगिनु भएको हो ,तर अहिले धेरै मुद्दाहरूको छानबिन भइरहेको छ ,उहाँ चुनाव जिते पनि निलम्बनमा पर्ने निश्चित छ।’उहाँको इज्जत जोगाउन मात्र टिकट दिइएको बताउँदै उनले भने,‘ मुख्यमन्त्री कार्यालयबाट योजना तथा साइकल खरिदको अर्को लटको फाइल लगायत छरी बिमामा बैकहरूसँग भएको मिलीभगत सबैको छानबिन भइरहेको छ ।निल्नबाट जोगिने कुरै छन्।’

पाँच बर्से कार्यकालमा भएको भ्रष्ट्राचार र आफूले गरेका प्रतिबद्धता पुरा गर्न नसकेकोले चुनाव जित्न कठिन देखिन् । पर्साका जिल्लाको पोखरी सौन्दर्यको नाउँमा आएको करोडौँको बजेट दुरुपयोग,आफ्नै दलका प्रदेश सभा सदस्यका निर्माण कम्पनीले अधिकांश ठेक्का पाउनु संयोग नभएको भन्दै  मुख्यमन्त्री विपक्ष तथा स्थानीय सञ्चार माध्यमले उठाएको प्रश्नमा, मुख्यमन्त्रीका मौन बस्नुले विपक्ष चुनावमा झन् आक्रामक बन्दै गएको छ।

आफ्नै कार्यकर्ताद्वारा लक्षुमनवा निर्माण गरेको तरकारी बजार अलपत्र  छ, पर्यटन पूर्वाधारका लागि मुख्य मन्त्री राउतले मुख्यमन्त्री राउतले हाल सम्म ७ अर्ब रुपैयाँ खर्च गरेका छन्। उनले खर्च गरेको अधिकांश  रकम मन्दिर मस्जिद कबरगाह बाहेक मधेस प्रदेशको कुनै एक ठाउँलाई सुन्दर पर्यटकीय स्थल निर्माण गरिएको देखिँदैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ