arrow

मोदी इन्डोनेसिया भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
narendra-modis.jpg
तस्बिर – फाइल ।

बाली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६ औँ शिखर सम्मेलनमा भाग लिने भएका छन् । भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ ।

‘प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी–२० शिखर सम्मेलनमा यहाँको भ्रमण निकै महत्वपूर्ण छ,’ इन्डोनेसियाका लागि भारतीय राजदूत मनोजकुमार भारतीले एएनआईलाई बताए । 

‘प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी२० शिखर सम्मेलनमा भाग लिनु हुनेछ र  यहाँ उहाँले औपचारिक रूपमा २०२३ को लागि भारतको २०२३ अध्यक्षता लिनुहुने छ’ भारतीले एएनआईलाई बताए । 

‘प्रधानमन्त्री मोदीको  जी२० मा आउनु महत्त्वपूर्ण छ किनभने भारतले इन्डोनेसियाबाट जी२० को अध्यक्षता लिन लागेको छ ।  भारतले इन्डोनेसियालाई निरन्तर सहयोग प्रदान गरेको छ र इन्डोनेसिया सरकारले पनि भारतको सहयोगलाई मान्यता दिन्छुु, भारतीय राजदूत भारतीले भने । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ