arrow

टाटाको ईभी किन्न झनै सजिलो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
sipradi-nabil-MOU-nov-2022.jpeg

काठमाडौँ। नेपालमा टाटाको विद्युतीय गाडी किन्न चाहने ग्राहकहरूलाई अब, खरिदका लागि झनै सजिलो र सहज ऋण उपलब्ध हुने भएको छ।

टाटा नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड (एसटीपीएल)ले टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्ने योजनामा ​​रहेका ग्राहकहरूलाई ८० प्रतिशत सम्मको सवारी साधन कर्जा उपलब्ध गराउनका लागि नबील बैङ्क लिमिटेडसँग सम्झौता गरेको हो।

  • नबिल बैङ्कले टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन किन्न चाहने कुनै पनि व्यक्ति वा संस्थालाई सजिलो र किफायती ऋण उपलब्ध गराउँदै
  • नेपाल भरीका जुनसुकै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा अटो लोन (गाडी कर्जा) मिल्ने
  • ८० प्रतिशत कर्जामा ७ वर्षसम्मको भुक्तानी सीमा अवधि
  • २४ घन्टा भित्रै कर्जा उपलब्ध हुने

सम्झौता अनुसार टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने जुनसुकै व्यक्ति वा संस्थाले नबिल बैङ्कका सबै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म तिर्न सकिने गरी सहज र सुलभ कर्जा सुविधा पाउनेछन्।

नबिल बैङ्कले नेपाल राष्ट्र बैङ्कको सम्बन्धित निर्देशन र निर्देशिका बमोजिम सवारी साधनको कूल लागतको ८० प्रतिशतसम्मको कर्जा २४ घण्टाभित्रै प्रवाह गरी कम्पनीले जनाएको छ।

टाटाको ईभी खरिद गर्न खोजिरहेका ग्राहकहरूलाई अब, खरिदका लागि झनै सहज र छरितो हुने विश्वास कम्पनीले लिएको छ। नेपालमा हाल टाटा मोटर्सका उत्कृष्ट इलेक्ट्रिक गाडी(ईभी) नेक्सन ईभी र टिगोर ईभी उपलब्ध रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ