arrow

अर्जेन्टिनाका कप्तान मेस्सी : आँप र स्याउ खाएर निस्कन्छन् मैदानमा

सम्पत्ति  ७ हजार ७०० करोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
messi-5194.jpg

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडी लियोनल मेस्सी विश्वमा सबैभन्दा धेरै कमाउने खेलाडी मध्यै एक हुन् । फोर्ब्सका अनुसार मेस्सीले गत वर्ष १३ करोड डलर अर्थात् करिब १६ अर्ब नेपाली रुपैयाँ कमाएका थिए । जसमध्ये करिब ९७९ करोड रुपैयाँ खेलकुदबाट र बाँकी ७१८ करोड रुपैयाँ ब्रान्ड प्रवर्द्धनबाट कमाए। 

मेस्सीको हालको कुल सम्पत्ति करिब ७ हजार ७०० करोड रुपैयाँ छ । मेस्सी अहिले बाइजुको विश्वव्यापी अनुहार बनेर चर्चामा छन् । मेस्सीले फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डी’ओर अवार्ड सात पटक जितेका छन् ।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । दुई पटकको उपाधि विजेता अर्जेन्टिनाले यस पटक समेत उपाधि दावे दारी प्रस्तुत गरेका छ । समूह सी मा अर्जेन्टिना सहित साउदी अरब, मेक्सिको र पोल्यान्ड छन् । अर्जेन्टिनाले पहिलो खेल २२ नोभेम्बरमा साउदी अरबसँग खेल्नेछ ।

कुनै समय बार्सिलोना क्लबबाट खेलिसकेका मेस्सीको बार्सिलोनामा नै आलिशान बङ्गला छ । यो बङ्गला समुन्द्रको छेउमा छ र यसको लागत करिब ८३० करोड रुपैयाँ छ । यस बङ्गलासँग सम्बन्धित दुई वटा कुरा निकै रोचक छन्। पहिलो- यस बङ्गलामा अभ्यास गर्न फुटबल मैदान छ। दोस्रो- यो बङ्गला माथिबाट उडान गर्न प्रतिबन्ध छ अर्थात् यो बङ्गला नो फ्लाई जोनमा छ।

मेस्सीसँग निजी जेट पनि छ । केही रिपोर्टमा मेस्सीको जेटको मूल्य करिब १६० करोड भारु रहेको बताइएको छ । निजी जेटको पुच्छरमा मेस्सीको जर्सी नम्बर १० पनि लेखिएको छ । यसमा एउटा भान्छा, दुई स्नान गृह र १६ जना बस्ने ठाउँ छ।

मेस्सीसँग मन पर्ने मासेराटी कार छ । कारको हालको मूल्य लगभग ४ करोड नेपाली रुपैयाँ छ। यसबाहेक मेस्सीसँग पगानी जोन्डा, फेरारी एफ४३ स्पाइडर, रेन्ज रोभर र अडी जस्ता लक्जरी ब्रान्डका कारहरू छन्।

मेस्सी खेलभन्दा ६ घण्टाअघि अण्डाको सेतो, प्रोटिन र कार्बोहाइड्रेट खान्छन् । खेलको डेढ घण्टा अगाडि केरा, आँप र स्याउ लिएर मैदानमा छिर्छन् । यस पटक मेस्सी चोटबाट ग्रसित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ