arrow

स्कीलअप दीक्षान्त कार्यक्रम सिप्रदीद्वारा सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
sipradi-skillUp-graduation-2079.jpg
फाइल तस्बिर

काठमाडौँ। सिप्रदी ट्रेडिङ्ग प्रालिले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्कील–अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ। दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपाल भरी रहेका सिप्रदीका च्यानल पार्टनरहरू–आधिकारिक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रबाट सिफारिस भएका १२ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन्। र तालिम सके पछि सिफारिस गरिएको वर्कसपमा रोजगार प्राप्त गरेको कम्पनीले जनाएको छ।

कार्यक्रमको दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र  र खादा प्रदान गरेका थिए। समारोहमा प्रशिक्षार्थीहरूलाई बधाई एवं शुभकामना दिँदै प्रमुख कार्यकारी अधिकृतले उत्पादन गरिएका टेक्निशीयनहरू नवीनतम प्रविधिका टाटा गाडीहरू समेत मर्मत सम्भार गर्न सक्षम रहेकाले, टाटा गाडीका ग्राहकले अझै उत्कृष्ट सेवा पाउनुहुने जानकारी दिएका छन्।

सिप्रदी सहायता संस्थाका बारेमा
सन् २०१२ मा स्थापना भएको सिप्रदी सहायता संस्था गैर नाफामूलक निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो। सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्वसँग सम्बन्धी क्रियाकलापहरू सञ्चालन गर्नका लागि सिप्रदी सहायता संस्थाको स्थापना गरिएको हो। संस्थाले योग्य तर आर्थिक रूपमा कमजोर बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै र दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ।

संस्थाले ज्येष्ठ नागरिकहरू, टुहुरा बालबालिकाहरू तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सेवा र सहयोग हर सम्भव पुर्‍याउने लक्ष्य लिएको छ। यसको साथै संस्थाले प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथा पुनर्स्थापनासम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ