arrow

मिसेलिन टायरको नयाँ सोरुम वीरगन्जमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
sipradi-michelin.jpg

काठमाडौँ। मिसेलिन टायर ब्रान्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्टस प्रालिले उक्त ब्रान्डको नयाँ सोरुम वीरगन्जको बाइपास रोडमा स्थापना गरेको छ। “जय मा दुर्गा टायर हाउस“ नामक यस सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले एक कार्यक्रमबिच गरेका थिए।    

ग्राहक एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा सोरूमका सञ्चालक मदन प्रसाद यादवलाई विक्रेता नियुक्ति सम्बन्धी प्रमाणपत्र वितरण गरिएको थियो। साथै सोरुम उद्घाटनको अवसरमा ग्राहकहरूलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निः शुल्क प्रदान गरिएको छ।

जय मा दुर्गा टायर हाउसमा कमर्सिअल (ट्रक, टिपर, बस आदि ) र पेसेन्जर (इभी, एसयुभी आदि ) गाडीहरूको लागि विभिन्न मोडेलका मिसेलिन टायरहरू उपलब्ध छ।

मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्रान्डको रूपमा परिचित छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ