arrow

हामी रेल र पानीजहाजका कुरा गर्दैनौं : रामचन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
ramchandra-poudel2.jpg

दमौली । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूहरु जनतालाई ठूला सपना देखाउने पक्षमा नरहेको बताएका छन् । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले झारगाउँमा आज आयोजित कोणसभामा बोल्दै भने, 'हामी रेल र पानीजहाजका कुरा गर्दैनौं, जनताका आधारभूत आवश्यकताका कुरा गर्छौं, जे कुरा गर्छौं त्यो पूरा गर्छौं'। 

'देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास सम्भव छ । अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो', उनले भने । 

पौडेलले कृषि क्रान्ति, पर्यटन र ऊर्जाले देश समृद्ध बन्ने बताउँदै त्यसतर्फ योजना बनाएर कार्यान्वयन गरिने बताए । 'बन्दीपुरको पर्यटन विश्वमाझ प्रख्यात छ, यसलाई थप विकास गर्नेतर्फ हाम्रो ध्यान रहनेछ', पौडेलले भने । गाउँगाउँमा यातायात, बिजुली पुगे पनि रोजगारी नपुगेको भन्दै पौडेलले अब गाउँमा नै आम्दानी र रोजगारी पुर्‍याउन उद्योगधन्दा स्थापना गरिने दाबी गरे । 

देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र भएपछि पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै पौडेलले जनताको हातमा आएको अधिकार बचाउन सबै एकै ठाउँमा उभिएको बताए । 'संविधान बचाउने सवालमा कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) को कुरा मिल्यो', उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ