arrow

गिद्ध संरक्षण दिवस मनाइयो

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ भदौ २५ शनिबार
vul.jpeg
कपिलवस्तु । प्राकृतिको कुचिकारको रुपमा रहेको गिद्धको सरक्षणको लागि  प्रत्यक वर्ष गिद्ध संरक्षण दिवस मनाउन थालिएको छ । नेपाल पाराभेटेरियन एण्ड लाइभस्टक एसोसियसन कपिलवस्तु शाखाले  ८ औ अन्तराष्ट्यि गिद्ध सरक्षण सचेतना दिवस आज भुकुटी नगरपालिका सचेतना मुलक कार्यक्रम गरी मनाएको छ । 
 
सचेतना मुलक कार्यक्रममा पक्षीं सरक्षण संघका पक्षिं विशेषज्ञ  देवेन्द्र चापागाईले गिद्ध संरक्षण गरी वातावरण संरक्षण र प्राकृतिक सुन्दरताका लागी गिद्ध संरक्षण गर्न आवश्यक रहेको वताए । नेपालमका विगथतमा धेरै संख्यामा गिद्ध रहेपनी हाल आएर संख्यामा कमी आएको उनले वताए । नेपाल पाराभेटेरियन एण्ड लाइभस्टक एसोसियसनका जिल्ला अध्यक्ष युवराज घिमरिेको अयक्ष्यता र कोषाध्यक्ष  परमेश्वर यादवको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 
 
कार्यक्रममा नेल्टाका अध्यक्ष  अध्यक्ष मोतीप्रसाद  प्रोख्रेल , जय महालक्ष्मी सामुदायिक सामुदायिक वनका  अध्यक्ष इन्द्रमणी पौडेल , टुल्कमणी भट्राई , नेम्लाका उपाध्यक्ष नारायण पौडेल लगायतले गिद्ध संरक्षणको बारेमा वोलेका थिए ।  कपिलवस्तुमा राजापानी सामुदायिक वन , वुढिमा सामादायिक वनहरुमा गिद्ध रहेका र त्यहा प्रजनन भई वच्चा समेत उत्पादन हुने गरेका छन । पशुमा डाइकोलोफेनीक सोडियम नामक औषधीको प्रयोग गरी मरेर खुल्ला ठाउंमा फाल्दा पशुको सिनो गिद्धले खादा उक्त औषधली गिद्धको मृगौला खराव भई गिद्ध मर्ने गर्दछन ।
 
 सरकारले गिद्ध संरक्षणको लागि उक्त डाइकोलोफेनीक सोडियम विक्री वितरण र प्रयोगमा रोक लगाएको छ तर खुल्ला सिमानाका कारण लुकी छिपी त्यसको प्रयोग गर्दा गिद्ध मर्ने गरेको पशु प्राविधीकहरु वताउछन । कपिलवस्तु जिल्लालाई नेपाल पाराभेटेरियन एण्ड लाइभस्टक एसोसियसन र जिल्ला पशु सेवा कार्यालयले डाइक्लोफेनीक सोडियम मुक्त जिल्ला केही वर्ष अघी नै घोषणा गरेका छन ।
 
 जिल्लाका केही वर्ष यता गिद्ध संरक्षण र प्रजंननको लागि उत्तरी क्षेत्रका सामुदायिक वनहरुमा विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुको ंसहकार्यमा सचेतना मुलक कार्यक्रमहरु संचालनमा ल्याइएको पशु विकास अधिकृत अब्दुल सलामले वताए । साथै सलामले अनुगमनको क्रममा डाइक्लोफेनीक सोडियम औषधी जिल्लामा नभेटीएको समेत दावी गरे यदी कही कतै भेटीएमा प्रयोग गर्नेलाई कारवाही गर्ने उनले वताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ