arrow

आफ्नो क्षेत्रको विकासमा दत्तचित्त भएर लाग्ने पौडेलको प्रतिवद्धता

कांग्रेसको मात्रै दुई तिहाईको बहुमत आउन नसक्ने देखिएकाले गठबन्धन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
ramchandra-poudel-final.jpg

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गाउँ गाउँमा विकास र घरघरमा रोजगारी बनाउने आफ्नो मुख्य योजना रहेको बताएका छन् । 

जिल्लाको बेग्लोबग्लै कार्यक्रममा उनले गाउँमानै बसु बसु बनाउन त्यहाँ आवश्यक पूर्वाधार विकास निर्माण बनाउनुपर्नेमा जोड दिए । 

गाउँको विकासमा जोड दिदै गाउँबाट शहरमा बसाईसराई हुने प्रवृत्तिलाई निराकरण गर्ने मुख्य लक्ष्य राखेर अघि बढेको उनले बताए । हिजो पदमा रहँदा नरहँदा पनि जिल्ला र देशको विकासमा सशक्त रुपमा लागेको बताउँदै नेता पौडेलले आउँदा दिनमा पनि यस क्षेत्रको विकासमा दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाए । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धनको आवश्यकता देखिएको उनको भनाइ थियो । “लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरिएको हो”, उनले भने ‘कांग्रेसको मात्रै दुई तिहाईको बहुमत आउन नसक्ने देखिएकोले गठबन्धन गरिएको हो ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ