arrow

मोदीद्वारा गुजरातमा ८६० करोड रुपैयाँको परियोजनाको उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
modi-narendra.JPG

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको पञ्चमहल जिल्लामा विभिन्न विकास परियोजनाको उद्घाटन र शिलान्यास गरेका छन्।  

मोदीले मंगलबार पञ्चमहलको जम्बुघोरामा करिब ८६० करोड रुपैयाँका विभिन्न आयोजनाको उद्घाटन तथा शिलान्यास गरेका हुन् । 

आयोजनामा श्रीगोविन्द गुरु विश्वविद्यालयको नयाँ हरित प्रशासनिक ब्लकको उद्घाटन, विभिन्न शैक्षिक ब्लकको शिलान्यास र विश्वविद्यालयको नयाँ भवन समावेश छन् । 

मोदीले त्यस दिन डाँडियापुरा र भदेमा आदिवासी स्वतन्त्रता सेनानी राजा रूपसिंह नायक र सन्त जोरिया परमेश्वरको सम्झनामा निर्मित प्राथमिक विद्यालय र स्मारकको पनि उद्घाटन गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ