arrow

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरूको साथमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
tata-motors-protect-2022-sipradi.jpg

काठमाडौँ। सम्पूर्ण टाटा कमर्शियल गाडीहरूका ग्राहकहरूलाई छिटो, छरितो तथा गुणस्तरीय सेवा को प्रत्याभूति प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरूलाई  पूर्ण सुरक्षाको प्रत्याभूति प्रदान गर्ने उद्देश्यले सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधाहरू सहित टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रालिले ल्याएको छ।

२०७९ कार्तिक १५ गते एक विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरूको शुभारम्भ गरेको छ। त्यस अवसरमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठ ले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त हाम्रो प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यकता हरूको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरू प्रदान गर्नु हो। हाम्रा ग्राहक हरूको आकांक्ष बमोजिम टाटा प्रोटेक्ट अन्तर्गतका सेवा तथा सुविधाहरूले ग्राहकहरूलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्नेछ र ग्राहक हरुलाई ढुक्क भई आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने कुरामा विश्वस्त रहेको बताए।

त्यसै गरी टाटा मोटर्स का उपाध्यक्ष, इन्टरनेसनल बिजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेइकल बिजनेस श्री अनुराग मेहरोत्रा ले टाटा मोर्टस आफ्ना ग्राहकहरूलाई विश्व स्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र  टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकहरूको सन्तुष्टिको स्तरमा वृद्धि भई गाडी बिक्री तथा प्रवर्धनमा पनि सहयोग मिलेको कुरा बताए।

टाटा प्रोटेक्टका विस्तारित सेवा तथा सुविधाहरूले गाडीको अपटाइम उच्च राख्ने, ग्राहक हरूको नाफामा समेत वृद्धि हुने र ग्राहकहरूले तनावमुक्त सेवा तथा सुविधाहरूको मजा लिने कुरामा विश्वस्त रहेको बताए।

टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरू समावेश रहेका छन् र उक्त सेवा तथा सुविधाहरू सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरूबाट उपलब्ध हुनेछन्।

मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा रहेका छन् जसमा ग्राहकहरूको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ।

टाटा जेन्यूइन पर्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरिएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५०,००० किमी सम्मको वारेन्टी सुविधा रहेको छ। एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ, नभएमा क्षतिपूर्तिको व्यवस्था कम्पनीले गर्नेछ। टाटा जिप्पि अन्तर्गत ४८ घण्टा भित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तिको व्यवस्था रहेका छ।

ग्राहकहरूको सेवाको लागी कस्टमर हेल्पलाइन को व्यवस्था रहेको छ जुन २४ घण्टा ७ दिन उपलब्ध रहने छ र ग्राहकहरूको कुनै पनि गुनासोहरू ४८ घण्टा भित्र समाधान गर्ने प्रत्याभूति प्रदान गर्दछ।

टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरू ६० दिनमा तयार हुन्छ र साथमा नगद रहित बिमा दाबी सुविधाहरू पनि रहेको छ। टाटा अलर्ट अन्तर्गत कम्पनीले तोकेका हाइवे कोरीडर हरूमा गाडी ब्रेक डाउन भएको खण्डमा ६ घण्टा भित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टा भित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान गर्दछ।

र वी केयेर सेवा अन्तर्गत वर्कशपमा गाडी बनाउँदा ग्राहकले अपेक्षा गरे बमोजिम को सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराई तुरुन्त समाधान प्रदान गर्ने व्यवस्था रहेको छ।

अनलाइन मार्फत सम्पन्न उक्त कार्यक्रममा टाटा कमर्शियल गाडीहरूका ग्राहकहरूको साथमा टाटा मोटर्सका उच्च पदाधिकारीहरू को पनि उपस्थिति रहेको थियो।

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख सञ्चालक अधिकृत श्री राजेश प्रसाद गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरूलाई सधैँ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरी कार्यक्रमको समापन गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ