arrow

 गुजरातमा पुल भत्किँदा १०० भन्दा बढीको मृत्यु, मोदीले स्थगित गरे कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
narendra-modis.jpg

काठमाडौं । गुजरातको मोरबी सहरको मच्छु नदीमा झण्डै शताब्दी पुरानो पुल भत्किँदा १०० भन्दा बढीको मृत्यु भएको गुजरात छ । मोरबी केबुल पुल भत्किँदा घाइते भएकाहरूलाई मोरबी सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

गुजरात सूचना विभागले बिहानसम्म १०० भन्दा बढीको मृत्यु भएको जनाएको छ। करिब १७७ जनाको उद्धार गरिएको छ । १९ जनाको उपचार भइरहेको छ । सेना, नौसेना, वायुसेना, एनडीआरएफ, फायर ब्रिगेडले खोजी र उद्धार कार्य सञ्चालन गरिरहेका छन्।

पाँच दिनअघि मर्मत गरेर सर्वसाधारणका लागि खुला गरिएको पुल आइतबारको बिदाका कारण भिडभाड भएको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार आइतबार साँझ ६:३० बजे पुल टुटेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात र राजस्थानको तीन दिने भ्रमणमा छन् । मोरबी पुल दुर्घटनालाई ध्यानमा राख्दै प्रधानमन्त्री मोदीले सोमबार अहमदाबादमा हुने आफ्नो रोड सो रद्द गर्ने निर्णय गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ