arrow

पीएसजीको संघर्षपूर्ण जित, मेस्सी, एमबाप्पे र नेयमारको गोल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
messi-psg-2022-10-30.jpg

काठमाडौं । लियोनल मेस्सी, केलिएन एम्बाप्पे र नेयमारले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा संघर्षपूर्ण जित हासिल गरेको छ । 

शनिबार राति पीएसजीले घरेलु मैदानमा ट्रोयसमाथि ४–३ को संघर्षपूर्ण जित निकालेको हो । खेलमा अग्रता पाहुना टोली ट्रोयसले तेस्रो मिनेटमै मामा बाल्दको गोलमा लिएको थियो । २४ औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै कार्लोस सोलरले खेल बराबरीमा ल्याए । 

पुनः पाहुना टोलीले मामा बाल्डेको गोलमा ५२ औं मिनेटमा अग्रता लियो । ५५ औं मिनेटमा सर्जियो रामोसको पासमा मेस्सीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । 

मेस्सीले उपलब्ध गराएको पासमा नेयमारले ६२ औं मिनेटमा गोल गर्दै पीएसजीलाई ३–२ ले अघि बढाए । ७७ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रतालाई ४–२ को अवस्थामा पुर्याएका थिए ।

त।र खेल सकिन दुई मिनेट बाँकी छँदा पाहुना टोलीका एन्टे पलाभर्साले गोल गर्दै अन्तरलाई ४–३ मा झारेका थिए । 

यो जितसँगै १३ खेलबाट ३५ अंक जोडेको छ । लिग वानमा पीएसजी अहिलेसम्म अपराजित छ । उसले दोस्रो स्थानको लेन्स भन्दा ५ अंकको स्पष्ट अग्रता प्राप्त गरेको छ । 

ट्रोयस १३ अंक सहित तालिकाको ११ औं स्थानमा छ । २७ अंकको लोरेन्ट तेस्रो, २४ अंकको रेन्नेस चौथो तथा २४ अंककै मार्से पाँचौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ