मल खरिद गर्न भारतसँग जीटूजी प्रक्रिया अगाडि बढाइएको छ – गृहमन्त्री खाँण
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १२ शनिबार
1.2k
Shares
भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले मल अभाव हुन नदिन नेपाल सरकारले भारत सरकारसँग जीटूजीमार्फत रासायनिक मल खरिद प्रक्रिया अगाडि बढाएको बताएका छन् । गठबन्धनले भैरहवा र ओमसतीयमा गरेको कार्यक्रममा बोल्दै उनले मल अभाव हुन नदिनका लागि जीटूजीमार्फत प्रक्रिया अगाडि बढेको बताएका हुन् ।
दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापनागर्ने योजनासमेत अगाडि बढाएको उनले बताए ।
सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं ३ को कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गृहमन्त्री खाँणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यसँगै कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले यहाँको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।