arrow

ऋषि सुनकले गरे मन्त्रिपरिषद्को हेरफेर: केही पुरानै, केही नयाँ

एकताको सन्देश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ९ बुधबार
rishi-sunak-10-downing.jpg

काठमाडौं । बेलायती प्रधानमन्त्रीका रूपमा पहिलो दिनमा ऋषि सुनकले प्रमुख चार जना मन्त्रिहरू नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिट १० मा महत्त्वपूर्ण भाषण गर्दै उनले 'देश र पार्टीमा एकता ल्याउने र अर्थतन्त्रलाई स्थिर र विश्वासिलो' बनाउने बताएका छन् ।

मन्त्रीहरूको नियुक्तिमा केही अनुमान गरिएकैहरू परेका छन्, भने केहीको नियुक्तीले सांसदहरू नै चकित परेका छन् । केही मुख्य भूमिका अथवा मन्त्रालयमा नम्बर १० ले एकता, अनुभव र निरन्तरता व्यक्त गर्न चाहेको छ ।

यसो हुँदा को मन्त्रालयमै रहँदै छ, को जाँदैछ, र यसको अर्थ के हो भनेर सबैले थाहा पाउन सक्छ भन्ने नम्बर १० को भनाइ छ । यस्तै सुनकले लिज ट्रसले जसरी समस्या निम्तिने गरी नियुक्ति पनि गरेका छैनन् ।

मन्त्रिपरिषद् फेरबदलको अर्को उल्लेखनीय तत्त्व भनेको तीन शीर्ष मन्त्रालयमा ट्रस सरकारकै मन्त्तीहरुलाई सुनकले राखेका छन् । अर्थमन्त्रीका रूपमा जेरेमी हन्ट, विदेश मन्त्रीका रूपमा जेम्स क्लिभरली र रक्षा मन्त्रीका रूपमा बेन वालेस रहनुलाई स्थिरताको सङ्केतका रूपमा हेरिएको छ ।

सुनकको यो कदमलाई विशेष गरी युक्रेन युद्ध र पछिल्ला केही महिनाको आर्थिक उथलपुथलको समयमा उनले सांसदहरूलाई आफुले स्थायित्व प्रदान गर्न सक्ने आश्वासन दिन चाहेको एक स्पष्ट सन्देशका रूपमा हेरिएको छ ।

अर्थमन्त्री हन्टले पूर्व प्रधानमन्त्री लिज ट्रसले ल्याएका अधिकांश कर कटौतीहरू खारेज गरे भने, आर्थिक योजनालाई ग्रीष्म नेतृत्व प्रतियोगितामा सुनकको प्रस्तावसँग मिल्दोजुल्दो बनाएका छन् ।

अर्थमन्त्री हन्ट र सुनकले थप कठिन निर्णयहरूको आवश्यकताको बारेमा कुरा गरेको र सो कुरा अक्टोबर ३१ मा घोषणा हुने मिनिबजेटका बेला सुन्न सकिने बताइएको छ ।

स्थायित्वको सङ्केतका साथसाथै बोरिस जोनसनका सहयोगी वालेसलाई रक्षा सचिवको रूपमा राख्नु र क्लिभरलीलाई विदेश मन्त्रीको रूपमा राख्नु सुनकलाई समर्थन नगर्ने केही वरिष्ठ सांसदहरूका लागि ओलिभ शाखाका रूपमा हेरिएको छ ।

सबैभन्दा आकर्षक नियुक्तिहरू मध्ये एक सुएला ब्रेभरम्यानको गृह सचिवको रूपमा फिर्ता हुनु रहेको छ । उनले केही दिन अघि सुरक्षा उल्लङ्घनपछि आफ्नो भूमिकाबाट राजीनामा दिएकी थिइन् । त्यति बेला उनले प्राप्त गर्न आधिकारिकता नभएको व्यक्तिलाई सरकारी कागजात पठाएकी थिइन्। उनले त्यसपछि सुनकलाई बेलायतको प्रधानमन्त्री बनाउने अभियानमा समर्थन गरेकी थिइन् ।

यस्तै सुनकले डोमिनिक राब, स्टीभ बार्कले र ओलिभर डाउडेन जस्ता केही प्रमुख समर्थकहरूलाई वरिष्ठ भूमिकाहरूमा नियुक्त एवं फिर्ता ल्याएका छन्। ऋषिका यी समर्थकहरू ग्रीष्मभरि उनको चुनावी अभियानका प्रमुख व्यक्तित्वहरू थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ