arrow

बोरिस जोनसन बाहिरिए, ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने बाटोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ७ सोमबार
rishi-sunak-uk-british.jpg

काठमाडौं । बेलायतका पूर्व अर्थमन्त्री ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्नका लागि लगभग निश्चित प्राय भएका छन्। बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले आफू प्रधानमन्त्रीको दौडमा नरहेको घोषणा गरेसँगै सुनकको प्रधानमन्त्री बन्ने दाबेदारी झनै बलियो बनेको छ ।

जोनसनलाई प्रतिस्थापन गर्दै प्रधानमन्त्री लिज ट्रसले आर्थिक उथलपुथलका नीतिहरूले आलोचित भएर ४५ दिनमै राजीनामाको घोषणा गरेपछि जोनसनलाई फेरि बेलायतको प्रधानमन्त्रीको दौडमा सामेल हुने ठानिएको थियो ।

यद्यपि, जोनसनले यो उचित समय र उचित कुरा नभएको भन्दे अहिले आफू प्रतिस्पर्धामा नजाने बताएका हुन् । सत्तारुढ कन्जरभेटिभका ६० सांसदले खुलारुपमा जोनसनलाई समर्थन गरेका छन् । जोनसनले आफसँग १०२ जना सांसदको समर्थन भएको दाबी गरे पनि उनले आफू अहिले प्रधानमन्त्री पदका लागि नदौडने बताएका छन् ।

सुनकले हिजो आइतबार आधिकारिक रूपमा बेलायतको प्रधानमन्त्रीका लागि आफ्नो दाबेदारीको घोषणा गरेका छन् ।

'त्यहाँ धेरै राम्रो मौका छ कि म कन्जरभेटिभ पार्टीका सदस्यहरूसँग चुनावमा सफल हुनेछु, र म शुक्रवार डाउनिङ स्ट्रीटमा फर्किन सक्छु। तर पछिल्ला दिनहरूमा म दुखका साथ निष्कर्षमा पुगेको छु कि यो गर्नु सही कुरा होइन। संसद्मा एकताबद्ध दल नभएसम्म प्रभावकारी शासन गर्न सकिँदैन ।'

'र मैले ऋषि र पेनी दुबैलाई सम्पर्क गरेको भए पनि, मलाई आशा थियो कि हामी राष्ट्रिय हितमा सँगै आउन सक्छौँ, दुःखको कुरा हामीले यो गर्न सकेनौँ।'

'त्यसैले, म डराउँछु कि सबैभन्दा राम्रो कुरा यो हो कि मैले मेरो नामाङ्कनलाई अगाडि बढ्न अनुमति नदिने र जो सफल हुन्छ उसलाई मेरो समर्थन प्रतिबद्ध गर्दछु। मलाई विश्वास छ कि मसँग प्रस्ताव गर्न धेरै छ, तर मलाई डर छ कि यो केवल सही समय होइन,' जोनसनले आइतबार आफ्नो आधिकारिक विज्ञप्तिमा भनेका छन् ।

बेलायतको प्रधानमन्त्रीको दौडमा सामेल हुन १०० सत्तारुढ कन्जरभेभिका सांसदको समर्थन चाहिने भए पनि सुनकसँग अहिले १६५ भन्दा बढी सांसदको समर्थन रहेको छ । हाल उनको एक मात्र प्रतिद्धन्द्धीका रूपमा रहेकी पेनी मोर्डन्टलाई ३० सांसदले मात्रै समर्थन गरेका छन् ।

नयाँ प्रधानमन्त्रीको दौडमा सामेल हुन सांसदले बेलायती समय अनुसार आज दिउँसो २ बजेसम्म नाम दर्ता गराएर १०० सांसदको समर्थन पाइसक्नु पर्नेछ । आउँदो शुक्रवार पार्टीको सदस्यको मतपछि विजेताको घोषणा हुनेछ । अहिलेसम्म सुनक र पेनीले मात्रै नाम दर्ता गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ